ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो २४ घण्टामा दुई सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ३ हजारभन्दा धेरै निको


एबीसी / संवाददाता
असार ७, २०७८ सोमबार  ५ : २७ बजे

काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटीरपीसीआर विधिबाट परीक्षण गर्दा एक हजार पाँच सय ८४ जनामा र चार हजार तीन सय २१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमण दर घट्दै गएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २७ हजार तीन सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा तीन हजार एक सय ३० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ५९ हजार नौ सय २८ पुगेको छ । अहिले नेपालमा कोरोना निको हुने दर ८९ दशमलव ९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा र यसअघिको विवरणसहित ४६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार सात सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com