ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटालीसँग १–० ले पराजित भए पनि वेल्स नकआउट चरणमा प्रवेश


एबीसी / संवाददाता
असार ७, २०७८ सोमबार  ६ : ३१ बजे

काठमाडौँ, ७ असार । इटालीसँग आइतबार १–० ले पराजित भए पनि वेल्स युरोपियन च्याम्पियनसिपको नकआउट चरणमा प्रवेश गरेको छ । आठ खेलाडी परिवर्तन गरेको इटालीविरुद्ध झिनो अन्तरको पराजय नतिजा निकाल्न सक्नु नै वेल्सको अन्तिम १६ मा पुग्नुको कारण बन्यो ।

अजरबैजानको बाकुमा भएको समूह ‘ए’ को अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्यो । वेल्स र स्विट्जरल्यान्डको समान ४ अंक भए पनि राम्रो गोल अन्तरका कारण वेल्स अर्को चरणमा प्रवेश गरेको हो । यी दुई बीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो । तर इटालीसँग स्विट्जरल्यान्ड ३–० ले पराजित भएको थियो ।

सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ, त्यसबाट प्रत्येक समूहको शीर्ष दुई टोली सोझै अन्तिम १६ मा पुग्ने छन् भने उत्कृष्ट चार तेस्रो हुने टोली पनि नकआउट चरणमा पुग्ने छन् । स्विट्जरल्यान्डको उत्कृष्ट चार तेस्रो टोली हुने सम्भावना बलियो छ । समूह विजेता बनेको इटालीले समूह ‘सी’ को उपविजेतासँग शनिबार वेम्बलीमा क्वार्टरफाइनलमा प्रवेश पाउन खेल्ने छ । वेल्सले सोही दिन समूह ‘बी’ को उपविजेतासँग नकआउट चरणको खेल एमस्ट्राडाममा खेल्ने छ ।

इटालीले वेल्ससँगको नतिजासँगै लगातार ३० खेलको अपराजित कीर्तिमान बनाएको हो । इटालीको यो लगातार ११ औं जित हो । इटालीले यस प्रतियोगितामा कुनै गोल नखर्ची ७ गोल गर्न सफल भयो । रोममा खेलको एकमात्र गोल म्याटिओ पेसिनाले ३९ औं मिनेटमा मार्को भेर्राटीको फ्रिकिक पासमा गरेका थिए । वेल्सले अन्तिम आधा घन्टाभन्दा बढीको सयम १० खेलाडीमा खेलेको थियो । फेड्रिको बर्नान्डस्चीलाई कुल्चिएपछि इथान एमपाडुले ५५ औं मिनेटमा सिधा रेडकार्ड पाएका थिए ।

बाकुमा लिभरपुलका विङगर जेर्डन साकिरीले दुई गोल गर्दै स्विट्जरल्यान्डलाई विजयी बनाए । ह्यारिस सेफेरोभिजले गोल गरी स्विसलाई छैटौं मिनेटमै अग्रता दिलाए । साकिरीले २६ औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरी स्विसको अग्रतालाई दोब्बर बनाए । दुबै गोलका लागि स्टेफन जुबेरले पास दिएका थिए ।

इरफान च्यान काहभेसीले ६२ औं मिनेटमा टर्कीबाट अर्को सुन्दर गोल गरे । टर्कीको प्रतियोगितामा यो पहिलो गोल थियो । त्यसको छ मिनेटपछि नै साकिरीले गोल गरी स्विट्जरल्यान्डको विजय निश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com