काठमाडौं, ३० जेठ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बस्दै छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जारी निषेधाज्ञा सात देखि १० दिनसम्म थप गर्ने निष्कर्षमा पुगेको प्रजिअ भट्टराईले बताउनुभयो ।भोलि राती सोमबारबाट जारी निषेधाज्ञा अवधि सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा बैठक पुगेको हो । आज दिउँसो बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ । अव थपिने निषेधाज्ञामा हार्डवेयर पसल कुनै समय खोलन दिने बारे छलफल भएको छ ।
भने यसै गरी किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिएकोमा अव विहान ११ बजे सम्म खोल्न दिने भन्ने विषयमा छलफल भएको प्रजिअ भट्टराईले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ । निजी तथा सार्वजनिक निर्माणको काम गर्न यस अघि दिइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सार्वजनिक यातायात, निजी सवारी साधन र अनावश्यक हिँडडुललाई भने कडाइ गरिने भएको छ ।








प्रतिक्रिया दिनुहोस्