ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


एबीसी / संवाददाता


काठमाडौं, २८ जेठ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अराजनीतिक गणितमा विश्वास नगर्ने बताउनुभयो । उहाँले प्रदेशसभामा राजनीतिक असमझदारीको चक्र शुरु भएको र हामी त्यसबाट अछुतो नरहेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) सरकारबाट हट्ने र अविश्वासको प्रस्ताव दर्ता गर्ने कोसिस पनि भएको बताउनुभयो ।

उहाँले जुन म्यान्डेटको जगमा प्रदेश सरकार बनेको छ, अहिले जनताको नजरमा चुकेका भन्दै संविधानको उपधारा १ अन्तर्गत सरकार गठन गरेको र यसले प्रदेशसभा सदस्यको टाउको नगन्नेमा जोड दिनुभयो । “नियुक्ति भइसकेपछि बहुमत जुटाउने कुराको अर्थ हुँदैन”, उहाँले भन्नुभयो, “कानून कार्यान्वयनका विषयमा एकरुपता देखिएन, प्रदेशप्रमुखलाई विवादित बनाउने काम भयो ।”

उहाँले राष्ट्रिय राजनीतिभित्रको विषयलाई सबै दलले स्वीकार गरेको भए यस्तो अवस्था सिर्जना नहुनेमा जोड दिँदै उपधारा २ मा प्रदेशसभाका सदस्यको सङ्ख्या गन्न होइन दलको समर्थनका लागि हो भन्ने नबुझ्दा द्वन्द्व सिर्जना भएको बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले वाग्मती प्रदेशबाहिरका प्रदेशमध्ये लुम्बिनी प्रदेशले कोभिड–१९ बाट सङ्क्रमितका लागि आइसोलेशन र कोरोना विशेष अस्पताल सबैभन्दा बढी निर्माण गरेको, आइसियु श्ययामा चमत्कारिक उपलब्धि हासिल गर्नाका साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेशमा ३३।३५ प्रतिशत पूँजीगत खर्च भएको, दोस्रो चौमासिकमा २२३ किलोमिटर सडक विस्तार, ६४ किलोमिटर कालोपत्र गर्ने तयारी, ८१ किलोमिटर सडक कालोपत्र भएको, ५४४ पक्की कल्भर्ट निर्माण भएको, ४२८ ढलान गरेर सडक निर्माण, आठ पुल निर्माण, तीन झोलुङ्गे पुललगायतका काम भएको सदनलाई जानकारी दिनुभयो ।

प्रदेश सरकारले वैशाखसम्ममा ५० प्रतिशत हाराहारीको बजेट खर्च गरेको र प्रदेशको राजधानी तथा नामकरण भएपछि नमूना प्रदेशका रुपमा स्थापित गर्न नमूना शहरका रुपमा गुरुयोजनाको काम भइरहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “६२ भन्दा बढी कानून निर्माण गरेर व्यवस्थित गर्ने काम भएको छ, हामी अब २० वर्षे दीर्घकालीन योजना बनाएर अघि बढ्छाँै, हामीले डिजिटल प्रदेश र विद्युतीय सुशासन कायम गर्ने तयारी गरेका छौँ ।”

प्रदेशसभाको बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव प्रदेशसभा सदस्य भूमिश्वर ढकालले गर्नुभएको थियो । उक्त प्रस्तावको समर्थन प्रदेशसभा सदस्य सरस्वती गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com