ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विघटनको कारण ७ दिनभित्र पेस गर्न आदेश : असार ९ देखि सुनुवाइ


एबीसी / संवाददाता
जेष्ठ २७, २०७८ बिहीबार  ७ : १९ बजे



काठमाडौँ, २७ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कारणबारे सात दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रपतिको कार्यालयलाई आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले विघटनको कारण पेस गर्न आदेश गरेको हो।नेपाली कांग्रेसका सभापति एवं विघटित प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवासहित १४६ जनाको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ सकिएपछि कारण देखाऊ आदेश जारी भएको हो।

अब अर्को सुनुवाइ असार ९ देखि हुनेछ। त्यसका लागि रिट निवेदक पक्ष र सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि १५–१५ घण्टा छुट्याउन सर्वोच्चले आदेश गरेको छ। इजलासले प्रतिनिधिसभाको विघटन जटिल संवैधानिक विषय भएकाले अदालतको सहयोगी (एमिकस क्युरी) का रूपमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारबाट दुईदुईजना वरिष्ठ अधिवक्ता माग गरेको छ। इजलासले अदालतका सहयोगी वकिल, सरकारी वकिलसहित निवेदक तथा सरकारतर्फका कानुन व्यवसायीलाई असार १० भित्र बहसनोट पेस गर्न आग्रह गरेको छ।

रिट निवेदकतर्फका कानुन व्यवसायीका लागि सुरु बहस सन्दर्भमा बढीमा १२ घण्टा, प्रत्यार्थीहरूको तर्फबाट बहस जिकिर सकिएपछि प्रतिउत्तरका लागि ३ घण्टा गरी अधिकतम १५ घण्टा समय बहसका लागि प्रदान गर्नेगरी सर्वोच्चले आदेश गरेको छ। त्यसैगरी सरकारी वकिलसहित प्रत्यार्थी कानुन व्यवसायीका लागि अधिकतम १५ घण्टामात्र बहसका लागि समय तोकिएको छ। अदालतका सहयोगी कानुन व्यवसायीलाई आधा घण्टाका दरले चारजनालाई २ घण्टा समय दिइने छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com