ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लहैलहैमा शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? जोखिममा पर्नुहोला नी


एबीसी / संवाददाता

काठमाडौं, २६ जेठ । के तपाई अरुले भनेको भरमा लहैलहैमा लागेर शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्नु भएको छ? यदि छ भने तपाईले कमाउने होइन, लगानी गरेको रकम समेत गुमाउन सक्नुहुन्छ ।

पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराएको छ । बोर्डले शेयर बजारमा लगानी गर्दा लहैलहैमा लागेर वा हल्लाको भरमा लगानी नगर्न आग्रह गरेको छ ।

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण गर्दैन । तर, बजार लगातार उकालो लाग्दा धेरैलाई खुसी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुरै नबुझी शेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दुई हजार ९६० अङ्कमा पुगेको छ ।

बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।

पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यसबारेमा लगानीकर्ता आफै चनाखो हुन बोर्डले आग्रह गरेको छ ।

बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक तरिकाले वृद्धि भएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । यस्तै, २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ ।

बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् ।

गत असारमा अनलाइन कारोवारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई छ लाख ६० हजार पुगेको छ । औसतमा छ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ ।

चालु आवको दश महिनामा मात्रै धितोपत्रको प्राथमिक बजार मार्फत रु ७८ अर्ब बराबरको पूँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासको उच्च हो । नेप्से परिसूचक गत असारमा एक हजार ३६२ बिन्दुबाट हाल करिब दुई हजार ९०० को बिन्दुमा पुगेको छ ।

यस्तै, बोर्डका प्रवक्ता निरज गिरीका अनुसार बजारको विकासको अवस्थालाई हेर्दा विभिन्न समयमा घटबढ देखिसकिएकाले लगानीकर्ताले आफनो जोखिम बहन गर्न सक्ने क्षमतालाई हेरेर सुझबुझपूर्ण तरिकाले निर्णय गर्नु आवश्यक छ ।

धितोपत्रको दोस्रो बजारमा कारोवारको वृद्धिसँगै शेयर कर्नरिङ, सर्कुलर टे«डिङ भएका गुनासा प्राप्त भएको बोर्डको भनाइ छ । सो बारेमा बोर्डले आवश्यक अध्ययन समेत गरिरहेको छ ।
अध्ययनका लागि केही समय लाग्ने भन्दै बोर्डले धितोपत्र लगानीसम्बन्धी ऐन, २०६३ ले गर्न नहुने भनेर निदृष्ट गरेको क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराएको छ ।

लगानीकर्तालाई देशको आर्थिक परिदृश्य सूचीकृत कम्पनीको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण प्रति शेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ । बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्थालाई समेत हेरेर लगानी गर्न बोर्डले सबैलाई आग्रह गरेको छ ।

बोर्डले लहैलहैमा नलागी लगानीसम्बन्धी निर्णय गर्न विशेष अनुरोध गरेको छ । लगानीको निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनकिो हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गर्न बोर्डले सुझाएको छ ।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ । बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुँदा लगानीकर्ताले लगानी गर्दा जोखिम पनि हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न आग्रह गरिएको बोर्डका प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com