ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको विज्ञप्ति पछि तातियो सामाजिक संजाल : ‘विज्ञप्ति एकता हुन नदिने ग्राइन्ड डिजाइन’


एबीसी / संवाददाता

काठमाडौं, २४ जेठ ।  नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा कुनै काम नगर्ने बताएकी छन्।

आइतबार ओलीको विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेता झाँक्रीले ओलीको विज्ञप्तिलाई एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन भन्दै झुक्याउन, अलमलाउन र मिडियाकन्जम्सनका लागि मात्र भएको दाबी गरेकी छन्।

‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन। झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनका लागि हो भनेर बुझ्नुपर्छ,’ उनले भनेकी छन्।

आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए। ओलीको उक्त वक्तव्य आफूहरूलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन्।

‘भर्खरै मिडियामा अध्यक्ष क. खड्गप्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ,’ उनले भनेकी छन्।

ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए।

‘अझ गम्भीर कुरा त के छ भने बुँदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?,’ उनले भनिन्, ‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौं। हामीले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’

उनले ओलीको वक्तव्यलाई एकता हुन नदिने ग्रान्ड डिजाइनका साथ आएको दाबी गरेकी छन्।

‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्छु। विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ,’ उनले भनिन्।

बाबुराम भट्टराईको जिज्ञासा–एमाले जेठ ३ मा फर्किए, त्यसयता भएका अक्षम्य राष्ट्रघात सबै माफ प
जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई जेठ ३ गते फर्कने निर्णय गरेलगत्तै समग्र एमालेलाई प्रश्न गरेका छन्।उनले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन् –एमाले कणहरूसँग जिज्ञासा – तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यतिरओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको विचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्र

No description available.

यता साहित्यकार तथा लेख खगेन्द्र स्रगौला लेख्छन्

No description available.

प्रधानमन्त्री ओलीका प्रिय प्रात्र गोकुल बास्कोटा भने माधव पक्षलाई सातु दिएर विदाईगर्नुपर्ने बताउछन्

No description available.

No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com