ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमण घट्यो, लापरबाही बढ्यो


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  ८ : १३ बजे

काठमाडौं, २३ जेठ। जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्रमित हुँदा १८७ जनाले ज्यान गुमाएका थिए । त्यसबेला मृत्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्रमण दरभन्दा निको हुने दर विस्तारै बढ्न थालेको छ ।

आजको तथ्याङ्क हेर्ने हो भने झण्डै ३ हजार ५०० सङ्क्रमित हुँदा निको हुने दर झण्डै दोब्बर छ हजार ६०० माथि पुगेको छ । विगतमा दैनिक २४५ जनासम्म मृत्यु भएकोमा अहिले मृत्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो महिना वैशाखको यो समयमा सङ्क्रमण दैनिक नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्रमण र मृत्युदरमा केही न्यूनीकरण आएको देखिएसँगै मानिसको लापरवाही भने बढ्न थालेको छ ।

कोरोना नियन्त्रणमा काठमाडौँको सडक क्षेत्रमा खटिएका एक जना प्रहरीले समेत मानिस फेरि जथाभावी रुपमा बाहिर निस्कने क्रम बढ्न थालेकोमा चिन्ता जनाउनुभयो । बिहान बेलुका यसरी निस्कने मानिसलाई उपत्यका प्रहरीले नियन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । गल्लीका सडक बजारमा अझै प्रहरीको उपस्थिति न्युन हुँदा झनै लापरर्वाही छ ।

निषेधाज्ञा १० दिन थपिएको दिन यही २० गतेदेखि भने उपत्यकामा सवारी साधान आवागमनम समेत बढोत्तरी भएको छ । दैनिक प्रहरीले सयौँ सवारी साधन नियन्त्रणमा लिए पनि त्यसरी उल्लङ्घन गरेर हिँड्ने सवारी उत्तिकै छन् । प्रहरीको अभिलेखमा मुलुकभरमा दैनिक तीनदेखि चार हजार गाडी अनावश्यक रुपमा सडकमा निस्किएका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निषेधाज्ञा उल्लङ्घनविरुद्ध भने कडा रुपमा प्रस्तुत हुँदै आएको बताउनुहुन्छ । उहाँका अनुसार कतिपयलाई कारवाही समेत गरिएको छ ।

प्रहरीको आँखा छलेर बाहिर निस्कने जमात यत्रतत्र देखिएको छ । कतिपय व्यक्ति दोकान अगाडि बस्ने । अनि ग्राहक आएपछि सटर खोलेर सामान दिने त्यसपछि पुन सटर लगाएर त्यसैगरी कुरेर बस्ने गरेका छन् । यो क्रम मुलुकका अधिकांश क्षेत्रमा जारी छ । कतिपयले कुनै सामान चाहियो भने फोन गर्नुहोला भनेर सटरमा नम्बर टाँसेरसमेत राखेका पाइएको छ ।

निषेधाज्ञा लगाउनुको उद्देश्य सङ्क्रमणको साङ्लो चुँडाल्नु हो । यस्ता गतिविधिले भने साङ्लो चुँडाल्न समस्या हुन्छ । केही समय सर्बसाधारण आफैँ सचेत हुने हो भने सङ्क्रमण रोक्न सकिन्छ । प्रहरीले मात्रै रोक्न सक्छ भन्ने हुन्न ।

प्रहरी प्रवक्ता कुँवर भन्नुहुन्छ, “हामीले सक्ने नियत्रण गरिरहेका छौँ, आफ्नै स्वास्थ्यका लागि हो भनेर मानिसले बुझ्नुपर्ने हो, त्यसतर्फ पनि सचेत गराउने हाम्रो प्रयास जारी छ ।” अहिले मुलुकका खोटाङ र मनाङ बाहेकका ७५ जिल्ला आज पनि निषेधाज्ञामा छ । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । जेठ महिनाभर यो क्रम जारी रहन्छ ।

गएको एक साता उपत्यकाका तीन वटै जिल्ला प्रशासनले निशेषको आदेशलाई कडाइ गरे पनि यही २० गतेदेखि थपिएको १० दिनको अवधिमा खुकुलो गरिँदा सडकमा मानिसको उपस्थिति बाक्लिएको हो ।

काठमाडँैँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे अहिलेको आदेशमा निर्माणका गतिविधि तथा ढुवानीका गतिविधिसमेत खुला गरिएको र पसलसमेत सञ्चालन गर्न पाउने भएकाले मानिसको चहलपहल विगतको भन्दा बढ्नु स्वभाविक भएको बताउनुहुन्छ । त्यस विषयमा स्थानिय प्रशासनबाट अनुगमन गर्ने र कमि कमजोरी सच्याउने कुरामा सचेत रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।
मनोविद् नरेन्द्रसिंह ठगुन्ना कोरोना हट्न थाल्यो भन्ने सूचनाहरु सार्वजनिक भएपछि त्यसले मानिसको सोचमा परिवर्तन गरिदिएकाले बाहिर निस्कन मद्दत गरेको बताउनुहुन्छ । उहाँ सङ्क्रमण घटेपछि अझै सावधानी अपनाउनु जरुरी छ भनेर चेतना जागृत गराउनुपर्ने सुझाव दिनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब तेस्रो र चौथो लहरको कोरोना आउनसक्ने भन्दै चेतनावनी दिइसकेको छ । त्यसबेला बालबालिका बढी खतरामा पर्ने भएकाले त्यसको सामनाका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन समेत दिइसकेको छ ।

काठमाडौँ प्रशासनले जेठ अन्तिम साताको अबस्थाको तथ्याङ्क हेरेर असारपछि हुने निषेधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाएको छ । देशभरका स्थानीय प्रशासनले समेत यही हप्ताका अवस्थाको तथ्याङकको प्रतिक्षा गरिरहेका छन् ।

उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ यस्तो अवस्थामा कुनै पनि हालतमा लापरवाही गर्न हुँदैन भन्नुहुन्छ । सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको हुँदा नागरिक आफैँ सचेत भएर सावधानी अपनाउनुपर्ने खेलवाड गर्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com