ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल मुद्दामा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित


एबीसी / संवाददाता
जेष्ठ २३, २०७८ आईतबार  ५ : १५ बजे


काठमाडौं, २३ जेठ ।  प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी आज पनि संवैधानिक इजलास उठेको छ ।पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन पाएन ।इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो ।प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिए पनि बहस त्यसमै केन्द्रित भयो । चिया ब्रेकपछि सरकार पक्षका वकिलले बोल्न खोज्दा बेञ्चबाट रोकिएको थियो । रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले भने सरकारको पक्षले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाए । आज इजलासकै बारेमा बहस भएकाले मुद्दामा प्रवेश नगरी न्यायाधीशहरू उठेका छन् । यसबारे कुनै आदेश आउने वा नआउने प्रष्ट पारिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’

ट्रम्पले इरानका विद्युत् प्लान्टमाथि आक्रमण ५ दिनका लागि स्थगित गरे

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com