ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले खनाल–नेपाल पक्षले बोलायो केन्द्रीय समितिको बैठक


एबीसी / संवाददाता
जेष्ठ १९, २०७८ बुधबार  १० : ०४ बजे

काठमाडौं, १९ जेठ ।   नेकपा एमालेको झलनाथ खनाल– माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न भोलि बिहान ११ बजेका लागि बैठक बोलाएको नेता निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ।

अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समूहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए। छलफलका क्रममा नेता नेपालले अप्ठ्यारोमा पर्दा केपी ओलीले वार्ताको कार्ड फाल्ने गरेको कार्यकर्तालाई बताउनुभएको थियो ।

जनसंगठनको भर्चुअल बैठकमा बुधबार नेता नेपालले पार्टीबाट कारवाहीको डण्डा चलाउने र जब अप्ठ्यारो परिस्थिति सृजना भयो तब वार्ता र छलफलको कुरा गर्ने ओलीको बानी भएको आरोप लगाउनुभएको हो । उहाले पार्टी एकताको पक्षमा आफू पनि रहेको बताउँदै ६ बुँदे प्रस्ताव कार्यान्वयन भए अझै पनि पार्टी एकता हुनसक्ने बताउनुभयो । ‘हामी एकताको विपक्षमा छैनौं। तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ बैठकमा उहाले भन्नुभएको थियो । बैठकका सहभागीले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेका थिए। उनीहरूले नेता नेपाललाई वार्ताको नाममा धेरै अलमल गरिन नहुने भनाई राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com