ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमण दर न्यून, भारतमा पनि कम हुँदै


एबीसी / संवाददाता
जेष्ठ १८, २०७८ मंगलबार  ७ : ४१ बजे

काठमाडौं, १८ जेठ । अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो केही समययता अमेरिकामा कोरोनाको सङ्क्रमण दर भने न्यून छ । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । मृत्यु दर पनि घटेको छ । यसअघि दैनिक अमेरिकामा ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको हो । सङ्क्रमित सङ्ख्याको हिसाबमा निक्कै तल रहेका अन्य मुलुकमा कोरोनाले अवस्था जटिल बनाइरहँदा पहिलो नम्बरमा रहेको अमेरिकामा भने दैनिक सङ्क्रमण र मृत्यु दर निक्कै कम भएर गएको हो ।

पछिल्लो केही दिनयता सङ्क्रमण र मृत्यु दर ह्वात्तै घटेको छ । कोरोना नियन्त्रणका लागि अवलम्बन गरिएका उपाय र कोरोनाविरुद्धको खोपले प्रभावकारी काम गरेपछि अमेरिका विश्वलाई नै तहसनहस बनाइरहेको सङ्क्रमणको दलदलबाट माथि उक्सिने अवस्थामा पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकामा पाँच हजार एक सय ४३ जना नयाँ सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख १३ हजार ५४ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ६३ हजार छ सय ६५ जना उपचारपछि निको भएका छन् ।

५६ लाख ३९ हजार छ सय २२ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये छ हजार एक सय २९ जनाको अवस्था चिन्ताजनक छ । यसअघि अमेरिकामा गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि उच्च थियो ।

एकै दिन अमेरिकामा एक सय १५ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण छ लाख नौ हजार सात सय ६७ जनाको मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको भारतमा पनि कोरोनाको सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको छ । केही समययता कोरोनाले अवस्था जर्जर बनाएको भारतमा अहिले दैनिक सङ्क्रमण र मृत्यु हुने सङ्ख्या घट्दै गइरहेको हो ।

यसअघि भारतमा दैनिक चार लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरोनाका कारण एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर त्यो सङ्ख्या पछिल्लो समय क्रमस घट्दै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजार छ सय ९८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ८१ लाख ७३ हजार छ सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५९ लाख ३९ हजार पाँच सय चार जना उपचारपछि निको भएका छन् ।

१९ लाख दुई हजार दुई सय ४२ जनाको उपचार जारी छ । उपचाररत सङ्क्रमितको सङ्ख्या पनि भारतमा कम हुँदै गइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन दुई हजार सात सय ८२ जनाको मृत्यु कोरोनाका कारण भयो । भारतमा हालसम्म कोरोना सङ्क्रमित तीन लाख ३१ हजार नौ सय नौ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पनि सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिन्थे । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुन्थ्यो ।

तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३२ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख ४७ हजार छ सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४९ लाख ६४ हजार छ सय ३१ जना उपचारपछि निको भएर कोरोनामुक्त बनेका छन् ।

११ लाख २० हजार ७७ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन ब्राजिलमा आठ सय ७४ सङ्क्रमितको मृत्यु भयो ।

यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ६२ हजार नौ सय ६६ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वका अन्य मुलुकमा पनि कोरोना सङ्क्रमणको दर कम हुँदै गइरहेको छ । कोरोनाले महामारीको रुप लिइरहँदा विभिन्न मुलुकको अवस्था भयावह बनेर गएको थियो । तर नियन्त्रणका लागि गरिएका प्रयास सफल हुँदा प्राय कोरोना फैलिएका मुलुकमा सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार छ सय १४ जना नयाँ बिरामी थपिए । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । विश्वमा हालसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १७ करोड १४ लाख ४९ हजार सात सय ३६ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड ३८ लाख ९६ हजार आठ सय ३९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । एक करोड ३९ लाख ८८ हजार तीन सय ७० जनाको उपचार भइरहेकोमा ९१ हजार सात सय ४६ जनाको अवस्था गम्भीर छ ।

विश्वमा गम्भीर अवस्थामा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । यसअघि दैनिक एक लाखभन्दा बढी सङ्क्रमितको अवस्था असामान्य हुने गरेको थियो ।

विश्वमा एकै दिन सात हजार छ सय ९७ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या यसअघि एक दिनमा मृत्यु हुने सङ्क्रमितको भन्दा लगभग आधा हो ।

यसअघि विश्वभर २४ घण्टाभित्र १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । विश्वमा कोरोनाका कारण हालसम्म ३५ लाख ६४ हजार पाँच सय २७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com