ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमण दर न्यून, भारतमा पनि कम हुँदै


एबीसी / संवाददाता

काठमाडौं, १८ जेठ । अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो केही समययता अमेरिकामा कोरोनाको सङ्क्रमण दर भने न्यून छ । दैनिक थपिने नयाँ सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । मृत्यु दर पनि घटेको छ । यसअघि दैनिक अमेरिकामा ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको हो । सङ्क्रमित सङ्ख्याको हिसाबमा निक्कै तल रहेका अन्य मुलुकमा कोरोनाले अवस्था जटिल बनाइरहँदा पहिलो नम्बरमा रहेको अमेरिकामा भने दैनिक सङ्क्रमण र मृत्यु दर निक्कै कम भएर गएको हो ।

पछिल्लो केही दिनयता सङ्क्रमण र मृत्यु दर ह्वात्तै घटेको छ । कोरोना नियन्त्रणका लागि अवलम्बन गरिएका उपाय र कोरोनाविरुद्धको खोपले प्रभावकारी काम गरेपछि अमेरिका विश्वलाई नै तहसनहस बनाइरहेको सङ्क्रमणको दलदलबाट माथि उक्सिने अवस्थामा पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकामा पाँच हजार एक सय ४३ जना नयाँ सङ्क्रमित थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख १३ हजार ५४ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ६३ हजार छ सय ६५ जना उपचारपछि निको भएका छन् ।

५६ लाख ३९ हजार छ सय २२ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये छ हजार एक सय २९ जनाको अवस्था चिन्ताजनक छ । यसअघि अमेरिकामा गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि उच्च थियो ।

एकै दिन अमेरिकामा एक सय १५ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा अहिलेसम्म कोरोनाका कारण छ लाख नौ हजार सात सय ६७ जनाको मृत्यु भइसकेको छ ।

नेपालसँग खुला सीमा रहेको भारतमा पनि कोरोनाको सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको छ । केही समययता कोरोनाले अवस्था जर्जर बनाएको भारतमा अहिले दैनिक सङ्क्रमण र मृत्यु हुने सङ्ख्या घट्दै गइरहेको हो ।

यसअघि भारतमा दैनिक चार लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका थिए । कोरोनाका कारण एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो । तर त्यो सङ्ख्या पछिल्लो समय क्रमस घट्दै गइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजार छ सय ९८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ८१ लाख ७३ हजार छ सय ५५ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ५९ लाख ३९ हजार पाँच सय चार जना उपचारपछि निको भएका छन् ।

१९ लाख दुई हजार दुई सय ४२ जनाको उपचार जारी छ । उपचाररत सङ्क्रमितको सङ्ख्या पनि भारतमा कम हुँदै गइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा एकै दिन दुई हजार सात सय ८२ जनाको मृत्यु कोरोनाका कारण भयो । भारतमा हालसम्म कोरोना सङ्क्रमित तीन लाख ३१ हजार नौ सय नौ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा पनि सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिन्थे । दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुन्थ्यो ।

तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३२ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख ४७ हजार छ सय ७४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४९ लाख ६४ हजार छ सय ३१ जना उपचारपछि निको भएर कोरोनामुक्त बनेका छन् ।

११ लाख २० हजार ७७ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन ब्राजिलमा आठ सय ७४ सङ्क्रमितको मृत्यु भयो ।

यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ६२ हजार नौ सय ६६ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वका अन्य मुलुकमा पनि कोरोना सङ्क्रमणको दर कम हुँदै गइरहेको छ । कोरोनाले महामारीको रुप लिइरहँदा विभिन्न मुलुकको अवस्था भयावह बनेर गएको थियो । तर नियन्त्रणका लागि गरिएका प्रयास सफल हुँदा प्राय कोरोना फैलिएका मुलुकमा सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको हो ।

विश्वभर पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार छ सय १४ जना नयाँ बिरामी थपिए । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । विश्वमा हालसम्म कोरोना पुष्टि हुनेको सङ्ख्या १७ करोड १४ लाख ४९ हजार सात सय ३६ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड ३८ लाख ९६ हजार आठ सय ३९ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । एक करोड ३९ लाख ८८ हजार तीन सय ७० जनाको उपचार भइरहेकोमा ९१ हजार सात सय ४६ जनाको अवस्था गम्भीर छ ।

विश्वमा गम्भीर अवस्थामा उपचार गराइरहेका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । यसअघि दैनिक एक लाखभन्दा बढी सङ्क्रमितको अवस्था असामान्य हुने गरेको थियो ।

विश्वमा एकै दिन सात हजार छ सय ९७ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या यसअघि एक दिनमा मृत्यु हुने सङ्क्रमितको भन्दा लगभग आधा हो ।

यसअघि विश्वभर २४ घण्टाभित्र १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । विश्वमा कोरोनाका कारण हालसम्म ३५ लाख ६४ हजार पाँच सय २७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com