ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा एकै दिन एक लाख ५३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण


एबीसी / संवाददाता
जेष्ठ १७, २०७८ सोमबार  ९ : २२ बजे

काठमाडौँ, जेठ १७ । छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ५३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार चार सय ८५ जनामा कोरोना देखिएको हो । यसअघि दैनिक चार लाखसम्मलाई कोरोना देखिँदै आएको भारतमा सङ्क्रमण घट्दो क्रममा छ ।

कोरोनाको कठिन परिस्थितिको सामना गरिरहेको भारतमा केही दिनयता कोरोना नियन्त्रण प्रभावकारी बनिरहेको हो । भारत आफैले पनि कोरानाविरुद्धको खोप उत्पादन गरेर आफ्ना नागरिकलाई दिन थालेको छ ।

सङ्क्रमण कम हुँदै जानुलाई कोरोना नियन्त्रणका लागि अपनाइएका उपाय सफल भएको र कोरोनाविरुद्धको खोपले प्रभावकारी काम गरेको रुपमा लिइएको छ । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ४६ हजार नौ सय ५७ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार तीन सय एक रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार पाँच सय २९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन हजार एक सय २९ जनाको मृत्यु कोरोनाका कारण भयो ।

यसअघि दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित तीन लाख २९ हजार एक सय २७ जनाको मृत्यु भइसकेको छ ।

भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

सम्बन्धित

कांग्रेस किन बोल्न डराइरहेको छ ? सिंहदरबार नजल्ने–गोली नचल्ने भन्ने गगनको अभिव्यक्तिमा लुकेको राजनीतिक दोधार

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

प्रलोपाको ‘व्यवस्था परिवर्तन’ प्रतिबद्धता (पूर्णपाठ)

रास्वपा निर्वाचनमा ‘नागरिक करारपत्र’ : दलीयकरण अन्त्य, उच्च आयोग गठनको वाचा

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com