ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आ.व.२०७८/०७९ को बजेट बारे नीजि क्षेत्रको प्रतिक्रिया


एबीसी / संवाददाता
जेष्ठ १६, २०७८ आईतबार  ३ : ०६ बजे

काठमाडौँ, १६ जेठ ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आ.व. २०७८÷०७९को बजेटले नीजि क्षेत्रको अधिकांश सुझावलाई समेटेको बताउनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले बजेटले नीजि क्षेत्रको सुझावहरुलाई समेटेको भन्दै कार्यान्वयन हुनसके यो बजेटलाई नीजि क्षेत्रले सकारात्मक रुपमा लिने बताउनुभयो । अघिल्लो वर्षमा केही कमी कमजोरीहरु देखिएको भन्दै उहाँले बजेटमा उल्लेख भएका कुराहरुलाई मौद्रिक नीतिमा पनि समावेश गरेर कार्यान्वयन गर्न सक्नुपर्ने उहाले बताउनुभयो । साना तथा मझौला उद्योग, पर्यटनको क्षेत्रमा पनि बजेट सकारात्मक रहेको उहाँको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले बजेट कार्यान्वयन हुन सकेमा यस बजेटमा कुनै कैफियत नदेखेको प्रतिक्रिया दिनुभयो । राजनीतिक अस्थिरताका कारण राजनीतिक नेतृत्व अल्मल्लिएको अवस्था भएका कारण बजेट कार्यान्वयनमा भने चुनौती रहेको उहाँले बताउनुभयो । बजेटले सबै कुरा समेटेको उल्लेख गर्दै उहाँले आफुहरुको अधिकांश माग सम्बोधन भएको बताउनुभयो ।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) का अध्यक्ष खुम सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित साना तथा मझौला व्यवसायीले तत्कालै ऋणको व्यवस्था खोजेको भएपनि बजेट मार्फत् सम्बोधन हुन नसकेको बताउनुभयो । यद्यपी, भ्याट छुट र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्ने कुरा समेटिनु सकारात्मक भएको उहाँको टिप्पणी छ । आफुहरु बजेट कार्यान्वयनको पखाईमा रहेको उहाँले बताउनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष कृष्ण आचार्यले जलविद्युतको लागि बजेटमा कुनै आकर्षक योजना नआएको बताउनुभयो । विद्युत खपत कति बढाउने भन्दापनि विद्युत अब चाहिँदैन भन्ने सरकाले सोच राखेको उहाँको भनाई छ । आफुहरुको माग अनुसार भ्याट फिर्ताको कुरा सम्बोधन नभएको बताउनुभयो । सर्बे लाइसेन्स नविकरण गर्न लाग्ने महशुल छुट दिने र समस्याग्रस्त आयोजनालाई सम्बोधन गर्ने कुरा बजेटले गर्न नसकेको पनि उहाँले बताउनुभयो । आ.व. २०७८/०७९ को बजेटले विद्युत व्यापारमा विद्युत प्राधिकरणको एकाधिकारलाई तोडेर नीजि क्षेत्रलाई पनि बाटो खुला गरिनुलाई सकारात्मक रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कम्युटर एशोसिएसन नेपालका अध्यक्ष नवराज कुँवरले बजेटले सुचना प्रविधिको विकासको निम्ति ठोस विषय नल्याएको प्रतिक्रिया दिनुभयो । सुचना प्रविधि क्षेत्रका व्यवसायी निराश बनेको उहाँले बताउनुभयो । इन्टरनेटको महशुल घटाउनुपर्ने, अप्टिकल फाइबर ल्याउँदा राजस्व घटाउनुपर्ने, सात प्रदेशमा आइटी पार्कको अवधारणा, नेपालमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिने र सुचना प्रविधिका सामग्रीहरुका भन्सार रेटमा परिवर्तन गर्ने लगायतका कुराहरु बजेटमा नपर्नु दुखद भएको उहाँको टिप्पणी छ ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले अघिल्लै वर्षको बजेटलाई निरन्तरता दिईएको बताउनुभयो । आफुहरुले कोभिड अवधिभरको कर छुट र बैंकको व्याज छुट हुनुपर्ने माग राखिएको भएपनि सम्बोधन नभएको उहाँले बताउनुभयो । कतिपय कुराहरु समावेश भएको भएपनि कार्यान्वयन प्रक्रिया निकै नै जटिल हुने गरेका कारण लाभान्वित हुन कठिन हुने गरेको पनि उहाँले बताउनुभयो ।

आफुहरुले उठाएको महिला कर्जाको कुरा बजेटले नसमेटेको उहाँले बताउनुभयो । समग्रमा साना तथा घरेलु उद्योगी व्यवसायीका लागि बजेट सन्तोषजनक नै रहेको कार्यबाहक अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

सम्बन्धित

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

पेरिसको नयाँ मेयरमा समाजवादी इमानुएल ग्रेगोइर निर्वाचित : दक्षिणपन्थी रचिडा दाती पराजित

लिपुलेक हुँदै चीनसँग व्यापार खुलाउने भारतको घोषणा

इरानको चेतावनी : अमेरिकाले विद्युत् प्लान्ट आक्रमण गरे मध्यपूर्वका पानी र ऊर्जा संरचना पूर्ण रूपमा नष्ट गर्ने

इजरायल : कोडले नै दुश्मनको आँखा चिम्लिदै ! संसारको ‘साइबर सुपरपावर’ को डरलाग्दो शक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com