ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले दिएको सार्वभौम अधिकार मैले प्रयोग गर्नुपर्ने हुन्छ – सभामुख सापकोटा


एबीसी / संवाददाता

काठमाडौं, १३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभएको छ । त्यो अधिकार के हो भन्नेबारे प्रष्ट पार्नुभएको छैन । आज संविधानविदहरूसँग छलफलका क्रममा उहाँले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने दावी गर्नुभयो । ‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन्। संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार म बाट अभिव्यक्त हुनुपर्छ,’ उहाँले भन्नुभयो ‘आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’ उहाँले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताउनुभयो । संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताउनुभयो । संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार आफू चल्नुपर्ने उहाँको भनाइ थियो। उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताउनुभयो । ‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ,’उहाँले भन्नुभयो । यसैबीच उनले सबैभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संविधान पालना गर्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com