ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा का अध्यक्ष ठाकुर पक्ष आज राजपा दर्ता गर्न निर्वाचन आयोग जांदै


एबीसी / संवाददाता

काठमाडौं, १३ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयां पार्टी दर्ता गर्ने तयारी गर्नुभएको छ । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने तयारी भएको एक स्रोतले जनाएको छ । जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने हुनुभएको हो । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बांकी २९ सदस्य यादवको पक्षमा छन् । तर,संसदिय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्ष्ँमा १३ जना सांसद उभिएका थिए । राजपाको चुनाव चिन्ह भने हातको पंजा हुने भएको छ । ठाकुर निकट स्रोतले दिएको जानकारीअनुसार राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक विदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रिय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसंग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयां पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो ।

यससंगै प्रतिनिधिसभाको दोस्रो पटक विघठन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ । प्रतिनिधिसभा विघठनविरुद्ध प्रतिनिधिसभा पुर्नस्थापनादेखि केपी ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका परेका ३० मध्ये १९ वटा रिटमा आजदेखी सुनवाई सुरू हुदैंछ भने संवैधानिक बेञ्चमा सुनुवाईको माग गरिएका ११ वटा रिटको सुनुवाई भोलीवाट सुरू हुनेछ । जसपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलापछि मात्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् । जसपा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय लिएर राजेन्द्र महताको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com