काठमाडौं, १३ जेठ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ३५ लाखबाट उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ११ हजार नौ सय आठ जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ लाख नाघेको हो । विश्वभर हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३५ लाख ११ हजार चार सय ९२ पुगेको छ ।
एकै दिन विश्वमा पाँच लाख ३९ हजार ५९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १६ करोड ९० लाख ५३ हजार एक सय ९९ पुगेको छ ।सङ्क्रमितमध्ये १५ करोड आठ लाख दुई सय ७७ जना कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।
एक करोड ४७ लाख ३९ हजार चार सय ३० जनाको उपचार जारी छ । उपचाररतमध्ये ९४ हजार आठ सय ९२ जनाको अवस्था चिन्ताजनक छ ।कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन पाँच सय ६३ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या छ लाख छ हजार एक सय ३५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २० हजार पाँच सय ३४ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख ६८ हजार दुई सय ४१ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७६ लाख ५९ हजार आठ सय २५ जना उपचारपछि निको भएका छन् । ५७ लाख दुई हजार दुई सय ८१ जनाको उपचार जारी रहेकोमा छ हजार सात सय ७४ जनाको अवस्था चिन्ताजनक छ ।
छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र तीन हजार आठ सय ४२ सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो ।हालसम्म भारतमा कोरोनाका कारण तीन लाख १५ हजार दुई सय ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन भारतमा दुई लाख ११ हजार पाँच सय ५३ जना नयाँ बिरामी थपिए ।
नयाँ थपिएको सङ्ख्या अन्य मुलुकमा भेटिएका नयाँ सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७३ लाख ६७ हजार नौ सय ३५ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ४६ लाख २६ हजार १४ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।२४ लाख २६ हजार छ सय ५८ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
ब्राजिलमा एकै दिन दुई हजार तीन सय ९९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म चार लाख ५४ हजार छ सय २३ जनाको मृत्यु भइसकेको छ ।पछिल्लो २४ घण्टाभित्र ७९ हजार चार सय ५९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६२ लाख ७५ हजार चार सय ४० पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४७ लाख ३३ हजार नौ सय ८७ जना उपचारपछि निको भएका छन् । १० लाख ८६ हजार आठ सय ३० जनाको उपचार भइरहेको छ ।उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।








प्रतिक्रिया दिनुहोस्