ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनियाँ कम्युनिस्ट पार्टी र नेपालका शीर्ष नेताबीच जुम बैठक हुँदै


एबीसी / संवाददाता
जेष्ठ १२, २०७८ बुधबार  १० : ३१ बजे

काठमाडौ‌, १२ जेठ ।  चीनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलहरुलाई महामारीविरुद्ध लड्नका लागि स्वास्थ्य सामाग्री प्रदान गर्ने भएको छ । आज मध्याह्न चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग जुम बैठक गर्दैछ ।

विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउसहित संलग्न हुने बैठकमा नेपालबाट एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुनेछ ।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्ष पशुपति शमसेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना पनि जुम बैठकमा सहभागी हुने बताइएको छ ।चीनियाँ कम्युनिस्ट पार्टीले भाइचारा सम्बन्ध भएका दलहरुलाई महामारीविरुद्धका अत्यावश्यक सामाग्री दलीय हैसियत अनुसार प्रदान गर्ने स्रोतले जनाएको छ ।करीव ४० करोड बराबरका ती सामाग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटरलगायत छन् । नेताहरुबीचको बैठकपछि चीनियाँ डाक्टर र नेपालको सीसीएमसीका डाक्टरहरुबीच ती सामाग्री प्रयोग गर्ने तरिकाको बारेमा समेत अन्तरक्रिया हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com