ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एकैदिन चार लाख २९ हजार सङ्क्रमित थपिए, भारतमा कम हुँदै कोरोना सङ्क्रमण


एबीसी / संवाददाता

काठमाडौं, ११ जेठ ।  विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ लाख २९ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।एकै दिन आठ हजार तीन सय आठ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र थपिएका नयाँसहित विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ७९ लाख ६३ हजार दुई सय १३ पुगेको छ ।सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ९३ लाख ७१ हजार दुई सय ५४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एक करोड ५१ लाख पाँच हजार छ सय २७ जनाको उपचार जारी छ । उपचार गराइरहेकामध्ये ९७ हजार सात सय ४२ जनाको अवस्था गम्भीर छ ।विश्वमा एकै दिन आठ हजार तीन सय आठ जनाको कोरोनाका कारण मृत्यु भयो । विश्वभर हालसम्म कोरोना सङ्क्रमित ३४ लाख ८६ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ ।विश्वमा दैनिक नयाँ थपिने र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसलाई सङ्क्रमण नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास केही हदसम्म सफल हुँदै गएको रुपमा लिइएको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा २४ घण्टाभित्र १६ हजार सात सय ६१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख १८ हजार तीन सय १६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७५ लाख ५८ हजार सात सय ६४ जना निको भएर घर फर्किएका छन् । ५७ लाख ५५ हजार एक सय ७४ जनाको उपचार जारी रहेकोमा छ हजार आठ सय ८४ जनाको अवस्था गम्भीर छ ।एकै दिन अमेरिकामा दुई सय ८४ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख चार हजार तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।अमेरिकामा पनि नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि दैनिक ५० हजारभन्दा सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको दैनिक मृत्यु भइरहेको थियो ।नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र एक लाख ९५ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ बिरामी थपिने भारतमा पछिल्लो समय त्यो सङ्ख्या कम हुँदै गइरहेको छ ।

जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ६९ लाख ४७ हजार चार सय ९६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४० लाख ४७ हजार सात सय ६० जना उपचारपछि निको भएका छन् ।२५ लाख ९२ हजार चार सय ८७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।एकै दिन भारतमा तीन हजार चार सय ९८ जना सङ्क्रमितको मत्यु भयो । भारतमा सङ्क्रमितको मृत्यु दर पनि कम हुँदै गएको छ । यसअघि दैनिक चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

हालसम्म कोरोनाका कारण तीन लाख सात हजार दुई सय ४९ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा एकै दिन ३७ हजार पाँच सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६१ लाख २१ हजार एक सय ३६ पुगेको छ ।एक करोड ४५ लाख ५२ हजार ४२ जना उपचारपछि निको भएका छन् । ११ लाख १९ हजार ८६ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा आठ सय ४१ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या चार लाख ५० हजार २६ पुगेको छ ।ब्राजिलमा पनि दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com