ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा विघटन अजरानीतिक : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
जेष्ठ ८, २०७८ शनिबार  ९ : १८ बजे

काठमाडौं, ८ जेठ ।  नेकपा(माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गर्नुभएको छ ।

संविधानको धारा ७६ (५0 बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष (केपी शर्मा ओली र देउवा) को आधार बलियो नभएको भन्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्र्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोक्नुभएको छ ।

अध्यक्ष दाहालले प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन सबै राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्दै मुलुक कोरोना महारमारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनेपर्नेमा पनि जोड दिनुभएको छ । यसैगरी विभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले प्रतिनिधिसभाको विघटनको विरोध गरेका छन् । राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरेको भन्दै उनीहरुले सरकारले संवैधानिक संकट निम्त्याएको आरोप लगाएका छन् । विरोध गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नरेशकुमार शाहीलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com