ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा विघटन : दलहरु औपचारिक र अनौपचारिक छलफलमा


एबीसी / संवाददाता

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा विघटन भएर मध्यावधि चुनाव घोषणा भएसँगै राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले कार्तिक २६ र मंसिर ३ गते प्रतिनिधि सभाको चुनाव गर्ने मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुभएको छ ।

त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।देउवा निवास बुढानिलकण्ठमा केहीबेरमा बैठक सुरु हुने कांग्रेसका नेताहरुले बताएका छन् । यस्तै नेकपा माओवादी केन्द्रले पनि उत्पन्न परिस्थितिबारे बिहानैदेखि आन्तरिक छलफल सुरु गरेको छ । उत्पन्न राजनीतिक परिस्थितिबारे आफूहरु बिहानैदेखि औपचारिक र अनौपचारिक छलफलमा जुटेको नेता देव गुरुङले जानकारी दिनुभयो । यस्तै जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेका छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डोकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो । यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो। यस्तै अब कसरी अघि बढ्ने भन्नेबारे एमालेको खनाल-नेपाल समूहले पनि छलफल गर्दै छ । बिहान ११ बजे छलफलको समय तय भएको र अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय गरिने खनाल-नेपाल समूहका नेता घनश्याम भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com