ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनैतिक काम गर्नेको हिसाव किताव हुन्छः प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, ७ जेठ  । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले गरेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

नेता माधवकुमार नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्ने उहाँले प्रष्ट पार्नुभयो । “मार्ग प्रशस्त गर्नु भनेकै छाडेको हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “मार्ग प्रशस्त गरिसकेपछि राजीनामा गरेर जानुपर्छ भन्ने संवैधानिक व्ववस्था छैन ।” यसलाई अनेक निहुँ बनाएर विरोध गर्नुको अर्थ नरहेको उहाँले चर्चा गर्नुभयो ।“यो पनि मन्जुर छैन, त्यो पनि मन्जुर छैन भने विकल्प के छ दिनुस् भनिरहेको छुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बल अरुले समातिसकेपछि ‘रन’ बनाउँछु भनेर हुन्छ ? ” देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको उहाँले बताउनुभयो । अवको डेढ वर्षपछि त चुनावमा जानु छ नै उहाँले भन्नुभयो, “प्रचण्ड र माधवजीले जनताको अभिमत स्वीकारेको भए अहिलेको अवस्था आउने थिएन, उहाँहरुले जनमतको उल्लंघन गर्नुभयो ।”

पार्टीको आन्तरिक अनुशासन हिनता र अराजकतालाई पार्टीले समाधान गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । जनताले सर्वाधिक विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले संविधानको रक्षा र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी आफूहरुमाथि रहेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई कुनै हिसावले तलमाथि हुन नदिइने उहाँले जिकिर गर्नुभयो ।हरेक प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री हुनलाई आधार प्रस्तुत गर्ने अवसर छ, आज ५ बजेसम्म गर्दा हुन्छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “विरोधका लागि विरोध हुने यस्तो अवस्थामा सरकार चलाउन मलाई ईच्छा छैन ।” आफूले इच्छा नगरेकै कारण संविधानअनुसार राष्ट्रपतिले वैकल्पिक सरकार गठनको आव्हान गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो ।अहिले पनि आफूसँग १२१ को मतभार कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले भरपर्दो आधार दिन सकें भने फेरि पनि सरकार बनाउँछु र एक महिनाभित्र विश्वासको मत लिन्छुँ ।” मलाई समर्थन दिनुस् नभए संसद विघटन भयो भनेर कराउन पाइँदैन उहाँले भन्नुभयो, “मलाई समर्थन दिनुहुन्न भने तपाईहरु नै बहुमत जुटाएर सरकार बनाउनुस्, निर्वाचनमा अहिले नै नजाउँ ।”परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ, त्यसलाई रोक्न सकिदैन प्रधानमन्त्री ओलीले भन्नुभयो,

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com