ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा थप १२ सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता
जेष्ठ ७, २०७८ शुक्रबार  १२ : २६ बजे

बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुने १२ जनामध्येमा सात बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका वडा नं २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका वडा नं ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका वडा नं। ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति मृत्यु भएको हो ।

यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका वडा नं १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका वडा नं ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका वडा नं ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका वडा नं ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका वडा नं ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

सम्बन्धित

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com