ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान


एबीसी / संवाददाता
जेष्ठ ६, २०७८ बिहीबार  ९ : ११ बजे

काठमाडौं, ६ बैशाख । पश्चिमी न्यून चापीय प्रणाली र भारतमा रहेको चक्रवात ‘ताउते’ चक्रवातको प्रभावका कारण आज (बिहीबार) पनि नेपालका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यकालगायत देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले बिहीबार (आज) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । उच्च हिमाली भेगका केही स्थानमा भारी हिमपात–वर्षाका सम्भावना छ ।यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । यस्तै उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।भारतमा खासगरी गुजरात राज्यमा विनास निम्त्याएको ताउते चक्रवातले नेपालमा पनि केही दिनयता मौसम बदली वर्षा गराइरहेको छ । मौसम महाशाखाका अनुसार ताउते अहिले गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको छ ।

भोलि शुक्रबारदेखि भने वर्षाको मात्रा कम हुँदै जाने सम्भावना महाशाखाले औंल्याएको छ । शुक्रबार दिउँसो देशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । राति पनि प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा लेखिएको छ– देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालाहरूमा जलप्रवाह बढ्ने र यातायत क्षेत्र समेत प्रभावित हुने सम्भावना छ । आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

सम्बन्धित

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com