ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टाभित्र भारतमा भेटिए धेरै सङ्क्रमित (कहाँ कति सूचिसति)


एबीसी / संवाददाता
जेष्ठ ६, २०७८ बिहीबार  ७ : ४१ बजे

काठमाडौं, ६ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो २४ घण्टामा छिमेकी मुलुक भारतमा सङ्क्रमित धेरै भेटिएका छन् ।भारतमा २४ घण्टामा दुई लाख ७६ हजार दुई सय ६१ नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या अन्य मुलुकमा थपिएका नयाँ सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ५७ लाख ७१ हजार चार सय पाँच पुगेको छ । कोरोना पुष्टि भएकामध्ये दुई करोड २३ लाख ४८ हजार छ सय ८३ जना उपचारपछि निको भएका छन् ।

भारतमा अहिले ३१ लाख ३५ हजार पाँच सय ६६ सङ्क्रमितको उपचार भइरहेको छ । भारतमा आठ हजार नौ सय ४४ जनाको अवस्था निक्कै गम्भीर छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको दोस्रो नम्बरमा छ ।

एकै दिन भारतमा तीन हजार आठ सय ८० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकको तुलनामा अत्याधिक धेरै हो । हालसम्म कोरोनाका कारण दुई लाख ८७ हजार एक सय ५६ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २७ हजार ७१ जना नयाँ बिरामी थपिए । हालसम्म तीन करोड ३७ लाख ९९ हजार दुई सय ३१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ५८ लाख ९९ हजार तीन सय ९१ जना सङ्क्रमित उपचाररत छन् । उपचार गराइरहेकामध्ये सात हजार छ सय ६१ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।

अमेरिकामा दुई करोड ७२ लाख ९७ हजार नौ सय १८ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन छ सय नौ जना सङ्क्रमितको मृत्यु भयो । अमेरिकामा हालसम्म छ लाख एक हजार नौ सय २२ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।ब्राजिलमा एकै दिन ७९ हजार सात सय छ जना नयाँ बिरामी थपिए । ब्राजिलमा हालसम्म एक करोड ५८ लाख १५ हजार एक सय ९१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वको तेस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमण पुष्टि भएकामध्ये १० लाख ४३ हजार दुई सय नौ जनाको उपचार भइरहेको छ । एक करोड ४३ लाख ३० हजार एक सय १८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

https://www.worldometers.info/coronavirus/

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

सम्बन्धित

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com