ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमै अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण सफल


एबीसी / संवाददाता

काठमाडौं, ४  जेठ ।  नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान९नाष्ट० ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन परीक्षण गरेको छ । कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको अभाव भइरहेका बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आज उत्पादनको अवलोकन गरी परीक्षणको शुभारम्भ गर्नुभयो ।

मन्त्री श्रेष्ठले सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएपछि अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपूर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउँदै नाष्टले अझै धेरै आविष्कार गर्न बाँकी रहेको जनाउनुभयो । सो कार्यमा सरकारको पूर्ण सहयोग हुने उहाँको प्रतिबद्धता थियो । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजनउत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भन्नुभयो, “विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’’

परीक्षण सफल भएसँगै अब नेपालले प्रेसर धान्न सक्ने लिलिण्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रविधि संकाय प्रमुख डा। रवीन्द्र ढकालले अब उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावयायिक उत्पादन गर्न अनुमति दिने बताउनुभयो । उहाँका अनुसार नेपालमा पाइने सिलिण्डरको न्यूनतम् मूल्य करिब १५ हजार पर्ने भने नाष्टको प्रविधि प्रयोग भएका सिलिण्डरको करिब १० हजार भन्दा कम मूल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको ललितपुस्थित मुख्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा।सुनिलबाबु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत टोलीलाई धन्यावाद दिनुभएको थियो ।
सो सिलिन्डर मा ग्यास सिलिण्डरमा ग्यासको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्यासको दबाब २३५ बार सम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो ।
नास्टका उपकुलपति डा। श्रेष्ठले नास्टले स्वाब परीक्षण गर्न मोबाइल भ्यान तयार गरी सुरक्षाका तीनवटै निकायलाई हस्तान्तरण गरेको बताउनुभयो । मन्त्रालयका सचिव डा सञ्जय शर्माले विज्ञान तथा नवप्रवर्तत नीतिलाई कार्यान्वयनमा ल्याउनासाथ प्रविधि क्षेत्रले ठूलो फड्को मार्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com