ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वार्थ


लेखक–शर्मिला आचार्य
बैशाख २८, २०७८ मंगलबार  ६ : १५ बजे

कबिता

घरमा भएकी ती बुढी आमालाई,
एक गिलास पानी सम्म दिन नभ्याउने तिमी ,

म मरेको बाबुलाई सम्झेर किन धुरुधुरु रुन्छौ ?
थाहा छ मलाई,
तिमी रुनुमा पनि स्वार्थ छ भनेर।
थोरै भए पनि आश्वासन पाउछु भनेर होइन ?
तिम्री आमा खाली गोडा हिडिरहेकि छिन
तर
तिम्रो फुर्सद छैन
तिम्री आमालाई एक जोर चप्पल किनेर ल्याइदिने
किनकी
तिमी त बृद्ध आश्रम जानू छ ,
दुई चार शब्द बोल्नु छ ,
अनि
त्यहाँ बाट पनि सहानुभूतिका गुच्छा बटुलेर फर्कनु छ ।
हेर्दैछु
म ,
तिम्री आमा हाम्रो बिछ्याउनामा छटपटाई रहेकी ,
तातो पानी राखिएको थर्मसबाट ,
एक गिलास पानी सार्न सम्म नसकेकी ,
ताते ताते गर्दै शौचालय सम्म जान नसकेकी ।
तर
म
सुन्दै छु ,
एउटा ठूलो सभामा
तिमीले गर्वका साथ चिच्याएर बोलेको ,
“वृद्ध बा आमा भनेमा हाम्रो देशका खम्बा हुन ,
उहाँहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।“
सभा बाट तिमीलाई थुप्रै ताली आउछ्न ,
अनि बधाई पनि ।
तर
तिमीले आफ्नो कर्तव्य चटक्कै बिर्सिएर
फगत एक शब्द बधाईको लागि मिहिनेत गरिरहेका छौ ।
संगै हुँदा
तिम्री आमाले छोरा संग एउटा तस्बिर खिचौन भन्दा
मलाई हतार छ भनेर बहाना बनाउने तिमी
आज
मेरा फोटाहरुले तिम्रो घरका भित्ताभरि स्थान पाएका छ्न
तिम्रो साथी आउँदा
मदिराको नशामा रमाउदा
पल्लो कोठामा छटपटाइरहेकी
तिम्री आमालाई बिर्सिदै
मेरो सम्झनामा तिम्रो आँखा रसाउछन ।
था छ मलाई
तिमी पनि मै हुर्केको समाजमा छौ ।

लेखक– नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन गरिरहेका छन्।
(सम्पुर्ण आमाहरु प्रति माया र सम्मान )
लेटाङ्ग नगरपालिका ६ मोरङ्ग

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com