ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सङ्क्रमितको उपचार नगरी फर्काइदियो : बिरामी जङ्गल छेउका टहरामा


एबीसी / संवाददाता

काठमाडौं, २३ बैशाख। जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ । सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन् ।

सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् । घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ पु¥याएको थियो । अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उहाँले आक्रोस पोख्नुभयो । अस्पतालको श्यामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो,“ प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान् ।” त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उहाँले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गर्नुभयो ।

सिंजा – २ का वडाध्यक्ष नविन शर्माले भन्नुभयो “ हामीले कोरोनाको शंका मानेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ । बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ । ”उहाँले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताउनुभयो । गाउँपालिकामा पाँच श्ययाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो,“सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो । पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो । ”

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिनुभयोे । उहाँले भन्नुभयो,“लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ ।”

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेकोे छ । सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो । आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो । आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसंग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरु संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताउनुभयो । अधिकृत शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिनुभयो । गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको गाउँपालिकाले जनाएको छ ।हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com