ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुने : पृथ्वीबाट १० लाख मानिस लगिने


एबीसी / संवाददाता
बैशाख २२, २०७८ बुधबार  ६ : ३४ बजे

काठमाडौं, २२ बैशाख ।  मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् । १ वर्षमा १ हजार उडान हुनेछन् र २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुग्नेछन् ।

मंगल ग्रहमा बस्ती बसाउने महत्वाकांक्षी योजनामा काम गरिरहेको कम्पनी स्पेसएक्सले यस्तो योजना सार्वजनिक गरेको हो । अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सले झण्डै २ दशकदेखि मंगल ग्रहमा मानिस लैजाने परियोजनामा काम गरिरहेको छ ।

पछिल्लो जानकारी कम्पनीकी सीओओ गिन्नी शटवेलले टाइम म्यागजिनसँगको कुराकानीका क्रममा बताएकी हुन् । शटवेलका अनुसार कम्पनीले मंगल ग्रहमा इन्टरनेटको सुविधाको लागि काम गरिरहेको छ र यसको लागि अहिले स्टारलिंकका स्याटेलाइटहरुलाई अन्तरिक्षमा स्थापित गरिँदैछ ।

शटवेलका अनुसार स्टारलिंकका स्याटेलाइटहरुले पृथ्वी र मंगल ग्रह दुवैतर्फ इन्टरनेट सुविधा उपलब्ध गराउनेछन् । यी स्याटेलाइटले दुई ग्रहमा रहेका मानिसहरुलाई जोड्ने काम गर्नेछन् ।

सीओओ शटवेलका अनुसार जब मानिस मंगल ग्रहमा पुग्नेछन् उनीहरुलाई पृथ्वीमा रहेका मानिसहरुसँग कुरा गर्नु पर्नेछ । यो कामको लागि स्टारलिंक स्याटेलाइटको भूमिका अहम हुनेछ । स्पेसएक्सले २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस पुर्याउने योजना बनाएको छ । कम्पनीको योजनाअनुसार हरेक दिन मंगल ग्रहका लागि ३ उडान उड्नेछन् । हरेक उडानमा १०० जनाले मंगल ग्रहसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि २०१७ मा एलन मस्कले आफूले २०२२ सम्ममा मंगल ग्रहमा २ कार्गो विमान पठाउन चाहेको बताएका थिए । उनले २०२४ सम्म अन्य ४ विमान पठाउन चाहेको समेत बताएका थिए । यी चार फ्लाइटमा २ जना मानिस पनि जाने उनको योजना थियो । स्पेसएक्सले स्टारशिप रकेटमार्फत मानिसलाई मंगल ग्रहमा पठाउन चाहन्छ । अघिल्लो महिना एलन मस्कले रकेट बनाउने काम भइरहेको बताएका थिए । उनले मंगल ग्रहमा बस्ती बसाउनु निकै कठिन हुने र यस क्रममा कैयौं खतरा पनि हुने स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com