ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९को महामारीमा राष्ट्रसंघको सहयोग नलिने भारतको निर्णय


एबीसी / संवाददाता

काठमाडौं, १६ बैशाख । कोभिड–१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गुटेरसका उपप्रवक्ता फरहान हकले भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् । हकका अनुसार भारतले आफूहरुसँग राम्रो स्वास्थ्य प्रणाली रहेको भन्दै राष्ट्रसंघको सहयोग नचाहिने जवाफ पठाएको हो । यद्यपि, राष्ट्रसंघले अझै पनि आवश्यक परेको अवस्थामा भारतलाई सहयोगको लागि तयार रहेको बताएको छ । राष्ट्रसंघले विश्वका सबै मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित नहुने भन्दै भारतलाई सहयोगको लागि आग्रह गरेको हो । अहिले भारत कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेसँगै अमेरिका, बेलायत, फ्रान्सलगायतका मुलुकले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com