ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न सहमति


एबीसी / संवाददाता
बैशाख १३, २०७८ सोमबार  १ : २२ बजे

 

सिन्धुली, १३ वैशाख
विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो । सर्वपक्षीय बैठक बसी विस्तार गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले खट्टटारदेखि धुराबजार बजारसम्म छिटो सडक विस्तार तथा स्तरोन्तीको लागि आवश्यक ११ मिटर चौडाइको क्षेत्र राजमार्गलाई उपलब्ध गराउने निर्णय गरेको छ । धुरा बजारदेखि बिपी राजमार्गसम्म उपलब्ध चौँडाइमा सडक स्तरोन्नति गर्ने निर्णय भएको बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्काले जानकारी दिनुभयो । साथै बैठकले खट्टारबाट बिपी राजमार्ग जोड्ने गरी वैकल्पिक राजमार्ग अर्थात् वाई पास सडक निर्माणको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको उहाँको भनाइ छ । ग्वाङ्ग खोला पुलको निर्माणकार्य निर्धारितरूपमा तत्काल अगाडि बढाउनेसमेत निर्णय भएको छ ।

छलफलमा सांसद हरिबोल गजुरेल, बाग्मती प्रदेशसभा सदस्य विनोदकुमार खड्का, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक अमेशविन्दु श्रेष्ठ, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय आयोजना प्रमुख राजेन्द्र दास, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई नातिबाबु खड्का र इञ्जिनियर सिशवसरण तिमिल्सिना सहभागी रहनुभएको थियो ।

राजमार्ग कमलामाई नगरपालिका–६ धुराबजार हुँदै हेटौँडा जाने सडकको खट्टारसम्म नक्साङकन गरिएको थियो । नक्साङकन भएको क्षेत्रबाट राजमार्ग लैजाँदा धेरै क्षति हुने भएकाले अन्यन्त्रै लैजान माग गर्दै विसं २०७३ भदौदेखि सङ्घर्ष समिति बनेर विरोध गर्दै आएको थियो ।यसपछि अव राजमार्ग विस्तारका लागि कमलामाई –४ तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्ने गरी यसैमा सहमति निकाल्न बाग्मती प्रदेशसभा सदस्य खड्काको संयोजकत्वमा समिति बनेको थियो ।

समितिसमेतले निकास दिन नसकेपछि राजमार्ग कताबाट लैजाने भन्ने अन्योल भने कायमै रहेको छ । नक्साङ्कन भएको ठाउँबाट लैजाँदा धेरै क्षति हुने भएकाले तत्कालीन हाज्मा कम्पनिको दुई नम्बर गेट हुँदै खट्टार जोड्नेगरी राजमार्गको विस्तार गर्ने पक्षमा सांसद गजुरेल र प्रदेश सभासदस्य खड्का उभिनु भएको थियो । सहमति निकाल्न नसक्दा भने उहाँहरूको प्रयास विफल भएको छ ।

ख्यातियोग्य जमिनमा दिन प्रतिदिन अव्यवस्थित बसोबास तथा सहरीकरण बढेको र राजमार्ग पनि त्यही क्षेत्रबाट लैजाने र सहरीकरणका माध्यमले व्यवस्थित बस्तीको विकास गर्ने पक्षमा दुई सांसद रहेपनि ख्यातिवाला किसानले जग्गा दिने सहमति नहुँदा र नक्साङ्कन भएकै ठाउँबाट राजमार्ग विस्तार गर्नुपर्ने बाध्यता रहेको छ ।

सिन्धुलीदेखि हेटाँैडासम्मको सडक निर्माण खण्डमा खट्टटारदेखि हेटौँडासम्म सडक विस्तारको काम भएपनि हालसम्म खट्टार–सिन्धुलीमाढीमा सडक विस्तारको काम हुनसकेको छैन । हालै भएको सर्वपक्षीय बैठकले गरेको निर्णयअनुसार राजमार्ग विस्तारले नयाँ गति लिने झिनो आशा पलाएको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com