ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पकोे पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई


एबीसी / संवाददाता

 

१२ वैशाख
भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत हुनुभएका उहाँले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाउनुभएन् ।

दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गर्नुभयो । उहाँले पनि तेस्रो किस्ताको रकम पाउनुभएको छैन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै किस्ताको रकम रोकिएको उहाँले गुनासो गर्नुभयो ।

विसं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडाभन्दा सरकारीअनुदान पाउने आशामा काढेको ऋणले उहाँहरुलाई पोलिरहेको छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणले भुक्तानी रोकेका कारण पीडामा ऋणको भारी बोकेकाको सङ्ख्या धेरै छ । ताराखोला गाउँपालिकाका एक लाभग्राहीले ढुङ्गाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्याङ्कन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुङ्गाको छाना फालेरजस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणको काम थालेको छ वर्षमा पनि जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन । महाभूकम्पको पाँच वर्ष पुग्दा पीडितले कहालिलाग्दो दिन सम्झिरहेकाछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लाका निजी आवास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगतिदेखिएको हो । दुई हजार ४५२ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५०० घर निर्माण गर्न नसकेको हो । जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रेणुका पाण्डेकाअनुसार २४४ घर निर्माणाधीन छन् । सन्ताउन्न घरले किस्ता नलगेको र २०१ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वःतह हटाइएको उहाँले बताउनुभयो । प्राधिकरणले पाँच वर्षको अवधिमा दुई पक्की पुल निर्माण गरिरहेको र झण्डै १० किमी सडक निर्माण गरेको छ । जिल्लाका १७९ विद्यालयमध्ये हालसम्म ११६ भवन निर्माण सम्पन्न भएका छन् । त्रिसठ्ठी विद्यालय निर्माणाधीन अवस्थामा छन् । यो अवधिमा दुई स्वास्थ्य चौकीसमेत निर्माण भएका छन् । अन्ठाउन्न विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेशमध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणाधीन रहेको शिक्षा अधिकारी मोतीलाल चपाइँले जानकारी दिनुभयो ।

उहाँले विद्यालय हेर्ने शिक्षा शाखा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकोले प्राविधिक र लाभग्राहीले समन्वयको अभाव भएको गुनासो गर्नुभयो । प्राधिकरणले जिल्लामा निर्माण गरिरहेको एकीकृत वस्तिको काम भने अन्तिम चरणमा पुगेको छ । यही वैशाख महिनाभित्रै काठेखोला गाउँपालिका–५ बिहुँमा निर्माणाधीन एकीकृत वस्तिको काम सकिने जनाइएको छ । दश परिवारकालागि बनिरहेका घरमध्ये सात घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ । बस्तिमा निर्माण गरिने सडक, खोपानी, शांैचालय, विद्युत्लगायतका संरचनाको निर्माण भने अन्यौल छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com