ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल सीमा नाका बन्द गर, आइसोलेशन केन्द्र बनाऊ


एबीसी / संवाददाता
बैशाख १२, २०७८ आईतबार   ८ : ११   बजे

कोरोना महामारीको दोस्रो लहरबाट छिमेकी देश भारत नियन्त्रण बाहिर गएको छ । पछिल्लो एक सातामा दिनहुं दुई हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमणबाट मरेका छन् भने तीन हरेक दिन तीन लाख भन्दा बढी नयां संक्रमण भएका तथ्यांक बाहिर आएको छ । परीक्षणको दायरामा नपरेका र मृत्युको दर्ता नभएकाहरुको कुनै हिसससाब किताव नै छैन । विश्वकै कोरोना हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । तर नेपाल सहाम्रो सरकार भने केही नभएजसरी बसिरहेको छ ।

गत वर्ष नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो  । अहिले भने दोस्रो लहरको संक्रमण तीव्र बेगमा फैलिइरहे पनि न सीमा बन्द गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ ।केवल झारा टार्ने भन्दा बढी केही भएको छैन ।

२०७८ वैशाख १ देखि १० गतेसम्म भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका हजारौंको परीक्षण नै भएको छैन । गत दश दिनमा भारतबाट करिब १ लाख जना भन्दा बढी नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले सरकारलाई नै गिज्याएको छ । ती परीक्षणमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखिएको दृष्टान्तमा समुदायमा कोरोना संक्रमणको भयावह अवस्था आंकलन गर्न गाह्रो पर्दैन । यही स्थिति अरु केही दिन कायम रहेमा भारतको भन्दा निकै कमजोर अवस्थामा नेपालको हालत पुग्ने निश्चित छ ।

तर्थ विना हिच्किचाहट तत्काल सिमा नाका बन्द गरिनु पर्दछ। भारतमा रहेका नेपालीहरु नेपाल आउन चाहनेहरुलाई व्यवस्थित रुपमा परीक्षण गर्ने र होल्डिगं कन्द्र तथा आइशोलेशन केन्द्रमा राख्ने व्यदस्था मिलाउनु पर्दछ । त्यससका लागि सम्वन्धित प्रदेश सरकार र स्थानीय तहको बीचका राम्रो समन्वय र संघीय सरकाको सुक्ष्मा अनुगमन, निगरानी र सबै प्रकारको सहयोग गरिनु पर्दछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखे पनि सोही अनुसारको सवधानी तयार नियन्त्रणको कुनै तयारी नगर्नु दुर्भाग्यपूर्ण छ ।
सीमा नाका बन्दी गरी गृह मन्त्रालयले जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई स्थानीय निकायको समन्वयमा कडाईका साथ परिचालन गर्नु पर्दछ ।

सीमा नाका बन्दमा आवागमनमा गरिनु पर्दछ । खाद्यान्न तथा ढुवान र व्यापार तथा बाणिज्यका यातायातमा भने कुनै पनि प्रकारको अवरोध गरिनु हुंदैन ।

पछिल्ला दिनहरुमा दैनिकजसो ३ हजार नयाँ संक्रमित थपिन थालेका छन् । मृत्यु दर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ । अझै पनि सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् । ३ हजार संक्रमित थपिँदा निको हुने संख्या ३ सय ६८ मात्रै छ ।यसले संक्रमित र निको हुनेको बीचको निकै ठूलो न्तर देखाएको छ । यो आफैंमा भयावह अवस्था हो ।

यस्तो ‘अवस्थामा केही दिन हेरौं वा पखौं भन्नु भनेको मृत्यसंख्या गनेर रमाउनु जस्तो सन्देश जान्छ । तससर्थ सारकारले स्वास्थ्य सम्वन्ध अन्य पूर्वाधार तथा प्रथामिक उपाचारक कामसंगै तत्काल जोखिम कम गर्न सिकने काममा एक रत्ति पनि ढिलाई गनर्स हुंदैन । सविश्वका विभिन्न देशहरुले यतिबेला कोरोनाहटस्पट बनेका देशबाट सवै प्रकारको यात्रा प्रतिवन्ध लगाएका छन् । यो उनीहरुको रहर पक्कै पनि होइन । बाध्यता हो । हाम्रो पनि सीमा नाका बन्द गर्ने कुनै रहर नभएर स्वास्थ्य उच्च जोखिमबाट बच्ने एउटा अनिवार्य उपाय हो । यस तथ्यलाई सकसैले पनि कुनै पनि रुपमा अन्यथा बुझ्नु हुंदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group