ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङका अधिकांश स्थानीय सरकार दमकलविहीन


एबीसी / संवाददाता
बैशाख १०, २०७८ शुक्रबार  ४ : ५२ बजे
१० वैशाख :
गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन । आगलागीबाट कपास उद्योग पुरै जलेर लाखौँको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ ।
गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए । बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पु¥यायो ।
फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो । त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो । हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छ्रैनन् ।
जिल्लाको दोस्रो ठूलो शहरका रुपमा रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ, गलकोट बजार, खर्बाङ, कुस्मिशेरा, अक्षेते र बरेङ बजारमा आगलागी भएमा आगलागी नियन्त्रणमामा निकै समस्या छ । स्थानीय सरकारले विकास निर्माणका लागि डोजर खरीद गर्नु राम्रो भए पनि एम्बुलेन्स र दमकल अपरिहार्य भएको अधिकारकर्मी राम शर्माले बताउनुभयो ।
“सडक बन्द हुँदा डोजर चाहिन्छ, अहिले विकास निर्माण गर्न डोजर नचाहिने कुरै भएन तर स्थानीय तहको ध्यान दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी खरीद गर्नुपर्दछ”, शर्माले भन्नुभयो, “हैन भने स्थानीय सरकारको दायित्वभित्र रहेको जनताको जीउधनको सुरक्षाको जिम्मा कसले लिने ?”
आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताउनुभयो । दमकल भएको बागलुङ नगरपालिकामा पनि जनशक्तिलगायतका कारण तत्काल आगलागी नियन्त्रणमा समस्या देखिने गरेको छ । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा दमकल पुग्नसक्ने सडक सञ्जाल छ ।
अहिलेसम्म दमकलको आवश्यकता महशुस नभएको काठेखोला गाउँपालिकाले जनाएको छ ।  स्रोत र साधनको अभावसँगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरीद गर्ने योजना नरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । अन्य स्थानीय तहमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । –––(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com