ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा खस्यो मेलम्चीको पानी


एबीसी / संवाददाता

भक्तपुर, ९ वैशाख:
 मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।
भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो । सो अवसरमा सांसद बस्नेतले भन्नुभयो, “पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।”
उहाँले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयवासीको समस्या हल गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको चर्चा गर्दै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले मध्यपुरथिमिका बासिन्दाका लागि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण शुरु भयो, अब केही दिनमै यसलाई बढाएर दैनिक ३० लाख लिटर पानी वितरण हुन्छ, अब विस्तारै पानीको समस्या समाधान हुन्छ ।”
मध्यपुरथिमि नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाको करिब रु चार करोड र खानेपानी बोर्डको समेत गरेर रु छ करोडमा नयाँ पाइप लाइन विस्तार गरेको भन्दै उहाँले रु १९ करोडको लागतमा ट्र्याक लाइन विस्तार गरेकाले मध्यपुरथिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको जिकिर गर्नुभयो । उहाँका अनुसार बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौँ झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताउनुभयो । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उहाँले ३२० ठाउँमा भएको चुहावटमध्ये २०० ठाउँको चुहावट रोकेको बताउनुभयो । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीन वर्षपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी झारेपछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी प्रणालीमा आएपछि भक्तपुरको पुरानो प्रणालीबाट पानी वितरण शुरु हुने बताउनुभयो । मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेरसमेत पानी आउने भएकाले अब पानीको समस्या नहुने भन्दै उहाँले आगामी तीन वर्षपछि नयाँ परियोजना सकिएर व्यवस्थितरूपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताउनुभयो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com