ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडान गरिँदै


एबीसी / संवाददाता

काठमाडौँ, ८ वैशाख:

चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ ।

कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका युनिट चिफ कृष्णनाथ ओझाले बताउनुभयो । चीन सरकारको सहयोगमा केही वर्ष पहिले विस्तार भएको यो खण्ड उपत्यकामा सवारी दुर्घटना बढी हुने सडकमध्येको हो । उहाँका अनुसार यो सडकमा ट्राफिक बत्ती जडान चालू आवमा ठेक्का लागेर अर्काे वर्ष काम हुनेछ । यसका लागि बजेट छुट्टाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो वर्ष शुरु भएपछि अर्काे वर्ष चार÷पाँच महिनामा सकिन्छ ।”

केही वर्ष पहिलेसम्म पनि काठमाडौँ उपत्यकामा कुनै पनि स्थानमा ट्राफिक बत्तीले काम नगरेकामा विभाग आफैँले केही वर्षयता गरेर झण्डै १९ ठाउँमा बत्ती जडान गरिसकेको छ । विभागलाई स्थानीय तहलगायत अरु निकायले जडान गरेकामा सम्पर्क नगरी जडान भइरहेको युनिट चिफ ओझाले जानकारी दिनुभयो । अहिलेसम्म बत्ती जसजसले जडान गरेको छ उसले ‘सिस्टम’ आआफ्नो तरिकाले राख्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जेठसम्म मर्मत अवधि भएकाले त्यसपछि ‘सिस्टम’ विभागलाई हस्तान्तरण हुनेछ ।

विभागले जडान गरेका ठाउँमा पनि ‘मर्मत अवधि’ चलिरहेकाले अहिलेसम्म त्यसको ‘सिस्टम’ आउन बाँकी छ । जडान गर्ने कम्पनीले हस्तान्तरण गरेपछि केही अपडेट गर्नुपर्ने उहाँले बताउनुभयो । ‘प्रोग्राम’ नियन्त्रणको काम विभागको हुनेछ ।

उपत्यकामा रहेका सबै बत्तीको कुन समयसम्म कुन बत्ती बल्ने भनी समयको निर्धारण र नियन्त्रणको काम ट्राफिक प्रहरी महाशाखाले गर्दै आएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्तीका कारण सवारीसाधन व्यवस्थापन सजिलो बन्दै गएकाले उपत्यका र उपत्यका बाहिर पनि यसको माग आइरहेको छ ।
उपत्यका बाहिर पोखरा, वीरगञ्जलगायतका शहरी क्षेत्रमा पनि यसको माग छ । अहिलेसम्म काठमाडौँ उपत्यका बाहिरमा पोखरामा एउटा चोकमा बत्ती जडान भएको छ । विस्तारको क्रममा रहेको वीरगञ्ज–पथलैया सडकका विभिन्न खण्डमा बत्ती जडान गरिने भएको छ । सडक निर्माणको ठेक्कामा नै बत्ती जडान समेटिएको बताइएको छ । काठमाडौँ उपत्यका बाहिरका जनसङ्ख्या र सवारी चाप बढी भएका शहरमा यसको माग गर्ने क्रम बढिरहेको छ ।

काठमाडौँ उपत्यकामा केही वर्ष पहिले नै विभिन्न चोकमा बत्ती जडान भएपनि प्रयोगमा आउन सकेको थिएन । जडीबुटी, कोटेश्वर, थापाथलीलगायतका चोकमा कुनै निकायको सहयोगमा र कतै परीक्षणका लागि बत्ती जडान भएपनि प्रयोगमा आउन नसकेको हो ।

बत्ती नहुँदा सवारीसाधनको व्यवस्थापनको काम ट्राफिक प्रहरीले चोक चोकमा उभिएर गर्दै आएका थिए । अहिले बत्ती जडान भएका स्थानमा कम सङ्ख्यामा मात्रै ट्राफिक प्रहरी खटिएको देख्न सकिन्छ । विभागले चालु आबमा विभिन्न स्थानमा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता गरिसकेको छ । अहिलेसम्म चक्रपथ वा चक्रपथभित्रका स्थानमा मात्रै ट्राफिक बत्ती जडान भइरहेकामा उपत्यकामा चक्रपथको बाहिरी क्षेत्रमा यसको माग बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com