ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घट्यो जौ बारीको चहलपहल


एबीसी / संवाददाता

मङ्गलबारे, ७ वैशाख :
इलाम सन्दकपुर गाउँपालिका–३ का कोषराज खतिवडा एक दशक अघि यस याममा मटरको हरियो कोसा बोकेर जौबारी गएको स्मरण गर्दै भन्नुहुन्छ । “यसरी कयाँैदिन भोगियो, सानो चहलपहल हुन्थ्यो त जौबारीमा ” उहाँले प्रश्न गर्नुभयो । हरियो मटर बेचेर खाद्यान्न ल्याउने उहाँ मात्र हैन । त्यस क्षेत्रका धेरै स्थानीयको गुजारा यसैगरी बित्थ्यो ।

उत्पादित वस्तु जौबारी पु¥याउने र दैनिक उपभोग्य वस्तुु स्वदेश भित््याउने । जौबारी नेपाल भारतको सीमावर्ती बजार हो । सीमावर्ती बजार भए पनि त्यहाँ अधिकांश व्यापारी भारतीय नै हुन्थ्ये । त्यस बजारमा नेपालमा उत्पादित वस्तुुको मूल्य बढी पर्ने गरेको उहाँको भनाइ छ । अलैँची, कुचो, अदुवालगायतका वस्तुु सो बजारमा महङ्गो मूल्यमा बिक्ने गरेको थियो । यस्तै नेपालीका घरमा उपभोग गर्ने चिनी, तेल, नुन र चामल पनि सस्तो मूल्यमा पाइने गरेको थियो । सस्तो मूल्यमा उपभोग्य वस्तुु पाइने भएकाले हालको सन्दकपुर गाउँमा मात्र हैन माइजोगमाई गाउँपालिकाका अधिकांश किसानको मुख्य बजार सोही रहेको थियो । इलाम नगरपालिकाको पनि पायक पर्ने स्थानका उपभोक्ता सोही बजारको भर पर्ने गरेका थिए ।

जौबारी बजार जिल्लाकै फस्टाएको बजारका रुपमा परिचित थियो । भारतीय सीमासँग जोडिएको कारण किसानले उब्जाएको सबै बेच्न सकिने र किसानको दैनिक उपभोग सामान पाइने एक मात्र व्यापारी केन्द्र बनेको थियो जौबारी त्यतिबेला । भारतीय व्यापारीको बाक्लो बसोबास भएकोले नेपाली गाउँ घरमा उत्पादित कृषि बाली सजिलै भारतीय बजारसम्म जाने गर्दथ्र्ये । सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी भारतीय सीमा जोडिएकोले विभिन्न प्राकृतिक सुन्दरतासँगै आफैँमा पनि पर्यटनको धेरै सम्भावना बोकेकोे ठाउँ हो । हिउँदमा प्राय ः हिउँ परिरहने र चौरी क्षेत्रसमेत भएको हुँदा भारतलगायत अन्य देशका विदेशी पर्यटक दार्जिलिङ हँुदै जौबारी नघुमी फर्कँदैन थिए । इलाम सदरमुकामको बिब्ल्याँटे बजार र माइजोगमाई गाउँपालिकाको नयाँबजारमा भन्दा बढी चहलपहल र ठुलो बजारको रुपमा रहेको थियो जौबारी । यसैले पनि सबै जौबारी जानै पर्ने बाध्यताजस्तै भएको सन्दकपुर–३ का सन्तोष खतिवडाको भनाइ छ । यसो त हिउँदको समयमा गाउँघर गाडी पुग्ने ठाउँसम्म आफैँ किसानले मागेको उपभोग्य सामान लिएर व्यापारी आउने र किसानले उत्पादन गरेको सरसमान लिएर जाने गर्ने गरेको पत्रकार बिप्लव भट्टराई बताउनुहुन्छ । हाल इलाम सदरमुकाममा बसेर पत्रकारिता गर्ने उहाँ सोही क्षेत्रका स्थानीय पनि हुनुहुन्छ । उहाँले जान्दा जौबारी बाहेक अन्य स्थानमा बजार भनेर जानु नपरेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय सडकको सुगमतासँगै धेरै ठाउँमा बजार विस्तार हुन थालेपछि जौबारी बजार व्यापारका हिसावमा इतिहासमा सीमित बनेको छ ।

धेरै कारोबार हुने बजार खुम्चिँदै गएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका र माइजोगमाईको प्रमुख बजार उक्त बजार हाल प्रायःसुनसान जस्तै बनेको छ । व्यापार फस्टाएकोले नेपालको छोटी भन्सार पनि त्यो समयमा राखिएको थियो । हाल जौबारी प्रायःसुनसान रहेको स्थानीय थुक्तेन नोर्बु लामाको भनाइ छ ।

उहाँले भारतीय व्यापारी विस्थापित भएपछि बजार सुकेको जानकारी दिनुभयो । सो बजारमा नेपालतर्फबाट व्यापारीसमेतले चासो नराखेपछि बजार सुनसान बन्दै गएको हो । सरकारी क्षेत्रसमेतबाट सो क्षेत्रमा चहलपहलका लागि प्रयास नभएको उहाँले बताउनुभयो । हुन त त्यस क्षेत्रमा जौबारीमा कृषि अनुसन्धान केन्द्रसमेत स्थापना भएको छ । यसरी दिनप्रतिदिन बजार सुनसान हुन थालेसँगै किसानले आफूले भने जस्तो आफ्नो समानको मूल्य पाउन छोडेपछि उत्पादित वस्तुु त्यहाँ बिक्रीका लागि लग्न छोडेका छन् ।

विशेषतः त्यस क्षेत्रका बासिन्दा कृषि क्षेत्रमा लागि परेका छन् । किसानले उत्पादन गरेको घिउ र छुर्पीसमेत त्यस बजारमा महङ्गो मूल्यमा विक्री हुने गरेको थियो । जौबारीको चहलपहल घटेसँगै घिउ, छुर्पीले भने जस्तो बजार पाउन छोडेको छ । किसानले भारतका बजारमा पठाउने घिउ छुर्पीसमेतको मूल्य कम पाउन थालेपछि त्यस बजारमा उत्पादित वस्तुु लैजान छोडेको शेर्पाको भनाइ छ ।

सीमा क्षेत्रमा रहेको जौबारी मात्र हैन जिल्लामा सञ्चालित अन्य बजारको अवस्थासमेत उस्तै छ । जिल्लाको मानेभन्ज्याङ्गसमेतमा उस्तै भीडभाड हुने गरेको थियो । इलामको भारततर्फ जाने मुख्य नाका मानिएको पशुपतीनगरसमेतमा चहलपहल कमी नै भएको छ । यहाँ किनमेल नै ठप्प भएको भने हैन । व्यापारमा कमी आएपछि त्यहाँका व्यापारीसमेत बिस्थापित हुने खतरा बढेको छ । बिशेष गरेर पशुपतीनगरमा हाल कपडा कै व्यापार बढी हुने गरेको छ । कपडा मात्र बेचेर बजार कायम रहिरहन नसक्ने व्यापारी पवि राइको भनाइ छ ।

उहाँले कहिले व्यापार नै नगरी बेलुका सटर तानेर हिँड्नु परेको समेत बताउनुभयो । कोरोना जोखिम पछि अझ व्यापार घटेको छ । पलायन हुनलागेका व्यापारीलाई थाम्न सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्ने स्थानीयको भनाइ छ । व्यापारीलाई सौलियत दरमा ऋणको व्यवस्था मिलाउन सके पनि हदसम्म समस्याको समाधान हुने सो क्षेत्रका व्यापारीको भनाइ छ । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईसमेतले सो क्षेत्रमा चहलपहल बढाउन निजी क्षेत्रले मात्र सम्भव नभएकाले सरकारी निकायसमेतबाट पहल चाल्नुपर्नेमा जोड दिनुभयो । त्यस क्षेत्रका भारतीय व्यापारी भारत नै फर्किन थालेका छन् भने स्थानीय व्यापारीसमेत विर्तामोड, विराटनगरलगायतका स्थानमा जान थालेका छन् । कोभिडको जोखिम शुरुभएपछि सीमा क्षेत्रमा समस्या भएको व्यापारीको भनाइ छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com