ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला


एबीसी / संवाददाता

महोत्तरी, ७ वैशाख :

“लाग्दो वैशाखमै यो हाल छ, जेठको प्रचण्ड घाममा के होला ?” खानेपानीको धाराबाट पानी झर्न छाडेपछि दिक्क हुँदै महोत्तरीको बर्दिवास नगरपालिका–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले भन्नुभयो, “खै यसपालि त निको चाल छैन ।”

गायत्रीमात्र नभएर लाग्दो वैशाखमै धाराको टुटीबाट पानी झर्न छाडेपछि यस भेगका आम गृहिणी विलखबन्दमा परेका छन् । खानेपानीका लागि धारा, इनार, खोल्सीको जरुवा र चापाकल स्रोत रहँदै आएका १४ वडामा विभाजित बर्दिवास नगरपालिकाका लगभग सबै क्षेत्रमा अहिले हाहाकार मच्चिएको छ । “हेर्नोस् न, जताततै ढकमक्क कमल फुलेका तलाउ हेर्दाहेर्दै सुके, अहिले त कमल फुल्ने तलाउमा कमिला पो हिँड्न थाले”, बर्दिवास–४ माईस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसरका खरमट्ट सुकेका तलाउका खाल्डा देखाउँदै त्यहीँकै बासिन्दा सोम कार्कीले भन्नुभयो, “चैत मध्यपछि पानीका मुहान सुक्दै गएका हुन् ।” वन क्षेत्रभित्रको मन्दिर परिसरका तलाउ सुकेपछि वन्यजन्तु पनि खानेपानी नपाएर ठाउँ छाड्न थालेका कार्कीले बताउनुभयो ।

तराईमा जेठ महिना प्रचण्ड राप र उखरमाउलो गर्मीयाम मानिन्छ । त्यतिखेर पानीको समस्या झेल्दै आइएको भए पनि लाग्दो वैशाखमै पानीको हाहाकार पर्न थाल्नु यसपालि राम्रो सङ्केत नदेखिएको यस भेगका सर्वसाधारण अड्कल काट्दैछन् । जिल्लाको बर्दिवासमात्र नभएर उत्तरी क्षेत्रका भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा पनि खानेपानीको समस्या बढ्दो छ । भङ्गाहा नगरपालिका–४ का रामनगर, प्रेमनगर र टोका बस्तीका इनार एकपछि अर्को सुक्दै गएका र तल्लो भेगका बस्तीमा खानेपानीका लागि चापाकल प्रयोग हुँदै आएका ठाउँमा पनि पानी सुकेर समस्या बढेको प्रेमनगरका जवाहर महतोले बताउनुभयो ।

“यहाँ १० वर्ष पहिलेका इनार त सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न झारिने डोल डुब्न छाडेको छ”, उहाँले भन्नुभयो, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा समस्या प्रत्येक वर्षजसो हुने गरेको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुकेपछि जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका तीन नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको हो । यसपालि हिउँदे वर्षा नहुनु तथा चुरे र वरपरका नदीमा बालुढुङ्गा उत्खनन गर्नेहरुले गहिरा–गहिरा खाल्डा बनाएपछि वरपरका बस्तीमा इनार र चापाकलको पानीको सतह गहिरिँदै गएको चुरे विज्ञ भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंहको भनाइ छ ।

नयाँ वर्ष २०७८ शुरु भएयता इनार, चापाकल सुक्ने क्रम बाक्लिएको छ । रातु नदी र खोल्साखोल्सीको पानी सङ्ग्रह गरेर धाराबाट पानी वितरण गरिँदै आइएका बस्तीमा मुहान नै सुकेपछि धारामा पानी आउन कम हुँदै गएको हो । बर्दिवास नगर क्षेत्रका धेरैजसो बस्तीमा यस्तै धाराबाट खानेपानीको आपूर्ति हुँदै आएको छ । खोल्सीको जरुवा, इनार र चापाकल खानेपानीका स्रोत रहँदै आएको यस क्षेत्रमा जेठको गर्मी बढ्दै गएपछि पानी सुक्दै जाने पुरानै कुरा भए पनि यसपालि भने लाग्दो वैशाखमै मुहान सुक्दै गएका हुन् । गत चैतभरि छिटो पानी नपरेर खडेरी लागेपछि सबै सुकेका हुन् ।

बर्दिवास वरिपरिका खोल्सीबाटै खानेपानीको धारा व्यवस्थापन गर्दै आइएका बस्तीमा धाराबाट पानी झर्न छाडेर टुटीमा खिया लाग्दै गएको बर्दिवास–१२ बिजलपुरा–२ की बासिन्दा राजनीतिककर्मी प्रतिमा कोइरालाले बताउनुभयो । धारा सुकेर खिया लागेसँगै बस्तीका पुराना सबै इनार सुकेपछि खानेपानीको जोहोका लागि टाढाटाढा जानु पर्न थालेको बर्दिवास–७ मनहरिपुरकी गृहिणी मुना खत्रीको गुनासो छ । आकाशे पानीको भरमा खेती गर्दै आएका जिल्लाको सुदूर–उत्तरवर्ती क्षेत्रका बासिन्दालाई यसपालि हिउँदे वर्षा नभएर खेती गर्न पाइएन भन्ने मात्र नभई अब खानेपानीकै हाहाकार भएको छ । सुक्खायाममा खेती र खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले आपूmहरुले कहिल्यै सञ्चोसँग गुजारा गर्न नपाएको यस क्षेत्रका बासिन्दा बताउँछन् ।

यता बर्दिवास, गौशाला र भङ्गाहासहितका तीनवटै नगरपालिका नेतृत्वले भने खानेपानीलाई उच्च महत्व दिँदै काम गरिँदै आइएको जनाएका छन् । प्राकृतिक कारणले पानी नपर्नु र पानीका स्रोतका मुहान सुक्दै गएसँगै तिनको मर्मतसम्भार र नयाँ इनार निर्माणका काम अघि बढाइएको भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । चुरे र जलाधार क्षेत्र विज्ञले भने पुराना इनार मर्मत र नयाँ निर्माण गरेर मात्र यो समस्या नटर्ने बताएका छन् । चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण तथा नदीमा हुने अनियन्त्रित दोहन नियन्त्रणको नेतृत्व स्थानीय तहले नलिएसम्म समस्या झन्झन् बढ्दै जाने चुरेविज्ञ डा सिंहको भनाइ छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com