ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 हुलाक टिकट बेच्दै जिप्रका


एबीसी / संवाददाता
बैशाख ६, २०७८ सोमबार  १ : ४६ बजे
 सर्लाही, ६ वैशाख :
 जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्काे रकम लिएर टिकट बिक्री गर्ने गरेको गुनासो आएपछि प्रशासनले सरकारी मूल्यमा टिकट बिक्री थालेको हो ।
सेवाग्राहीसँग व्यापारीले चर्काे रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सूचना जारी गर्दै कार्यालयको कोठा नं १४ बाट छुट्टै टिकट बिक्री काउन्टर खोल्ने बताउनुभयो । हुलाक टिकट अनिवार्यरुपमा चाहिने भएको र सेवाग्राही जिल्ला हुलाक कार्यालयबाट टिकट नलिइ प्रशासन बाहिर पसल थापेर बसेका व्यापारीसँग बढी मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयबाटै टिकटको बिक्री थालेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
प्रशासन, मालपोत, नापी, स्थानीय निकाय र अन्य गैरसरकारी कार्यालय अगाडि खुलेआम हुलाक टिकटमा कालोबजार भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीको गुनासो छ । कार्यालय बाहिर १ देखि १०० रुपैयाँसम्मका टिकट किन्न पाइन्छ । तर बाहिरबाट किन्दा यसको मूल्य करीब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही अम्बिका बुढाथोकीले गुनासो गर्नुभयो । कालोबजारी रोक्न जिल्ला प्रशासनले चालेको कदम प्रशंसनीय रहेको सेवाग्राहीले बताएका छन् । त्यस्तै सेवाग्राही फोटोकपी गराउँन जाँदासमेत अन्यन्त्रको तुलनामा दोब्बर दस्तुर लिने गरेको पाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

सिरहामा गोली प्रहार गरी युवकको हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com