ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामूहिक लगानीमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बन्यो


एबीसी / संवाददाता

खोटाङ, ६ वैशाख:
खोटाङ जिल्लामा सडक विस्तारका लागि २३ वर्षअघि सामूहिक लगानीमा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको छ । छिमेकी जिल्ला उदयपुरको कटारी–घुर्मी हुँदै ओखलढुङ्गाको हिलेपानीबाट दिक्तेल जोड्ने सडक निर्माण गर्न खोटाङका तत्कालीन ७६ गाविसको संयुक्त लगानीमा विसं २०५५ मा खरिद गरिएको डोजर संरक्षण अभावमा कवाडी बनेको हो ।

खोटाङ जिल्लाको प्रमुख मार्ग दिक्तेल–जयरामघाट सडकखण्ड निर्माण गर्न सामूहिक लगानीमा खरिद गरिएको डोजर हाल खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाट (ओखलढुङ्गातर्फ)मा अलपत्र पारेर छाडिएको छ । खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर हाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने जयरामघाटभन्दा मुनि दूधकोशी किनारमा अलपत्र अवस्थामा छाडिएको हो ।

सडकभन्दा मुनि नदी किनारमा अड्किएर रहेको डोजर खियाले खाइसकेको तथा बालुवा र रोडा ढुङ्गाले पुरिएको अवस्थामा देख्न सकिन्छ । दूधकोशीस्थित नदीको पानीको सतहभन्दा केही मिटरमाथि अड्किएको डोजरलाई कुनै दिन ठूलो बाढी आएमा बगाउने अवस्थामा रहेको देखिएको छ । लामो समयसम्म मध्यपहाडी लोकमार्गको कुनामा मिल्काइएको अवस्थामा रहेको डोजर अहिले सडकको डिलमुनि पु¥याइएको अवस्थामा रहेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । जिल्ला प्रवेश नै नगरी बाटैमा छाडिएको डोजरको कुनै पनि पार्टपुर्जा काम लाग्ने अवस्थामा छैन ।

कटारीबाट ओखलढुङ्गाको हर्कपुर हुँदै सोलुखुम्बु जोड्ने गरी सडक निर्माण शुरु गरिएपछि खोटाङका तत्कालीन सांसद टङ्क राईले हिलेपानीबाट दिक्तेल जोड्ने गरी हिले–हलेसी सडक निर्माण गर्ने परिकल्पना अघि सार्नुभएपछि डोजर खरिद गरिएको थियो । तत्कालीन सांसद राईको योजना सफल बनाउन तत्कालीन जिल्ला विकास समितिका सभापति पर्शुराम कार्की, हरि रोकालगायतको पहलमा डोजर खरिद गरिएको हो ।

प्रतिगाविस रु एक लाखका दरले सङ्कलन गरिएको रकममध्ये रु ४२ लाखमा डोजर खरिद गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । डोजर खरिद गरेर बचेको रकमबाट एउटा ट्र्याक्टर खरिद गरिए पनि हाल ट्र्याक्टरको अत्तोपत्तो छैन । जिल्लाका कतिपय गाविसले भने डोजर र ट्र्याक्टर खरिदका लागि तोकेको रकम विनियोजन गर्न अस्वीकार गरेका थिए । तत्कालीन समयमा खोटाङको साझा सम्पत्तिका रूपमा रहेको डोजर प्रयोग गरेर ओखलढुङ्गाको हिलेपानीबाट जयरामघाटसम्म करिब नौ किलोमिटर सडक खनिएको जनाइएको छ ।

सडक खन्दै जयरामघाटसम्म आइपुगेको डोजर नदी नतार्दै कवाडीमा परिणत भएको जनाइएको छ । विसं २०५७ मा अप्पर माथिल्लो सगरमाथा कृषि विकास आयोजना र त्यसपछि ग्रामीण पहुँच कार्यक्रम (¥याप)सँग जयरामघाट (दूधकोशी किनार)बाट हलेसीसम्मको सडक निर्माणमा हेभी मेशिन प्रयोग नगर्ने सम्झौता भएपछि सो डोजर खोटाङ नतारी सडकमै थन्क्याइएको हो ।

सडकमै थन्किएको डोजर कवाडीमा परिणत भए पनि खोटाङको सामूहिक भावना बोकेको तथा साझा सम्पत्तिको प्रतीकका रूपमा रहेकाले संरक्षणको चर्चा हुने गरेको छ । डोजर संरक्षणका लागि जिल्ला समन्वय समितिको विसं २०७६ असार ९ गतेको बैठकले सडकको ढोका खोल्ने लक्ष्यका साथ खरिद गरिएको डोजरलाई संरक्षण गर्न स्थानीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

इतिहास बोकेको डोजर संरक्षणका लागि माग आएमा हस्तान्तरण गर्ने निर्णय गरेपछि सोही वर्षको असार २६ गते हलेसी तुवाचुङ नगरपालिकाले इतिहास बोकेको डोजर संरक्षण गर्ने भन्दै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको थियो । सोही आधारमा जिल्ला समन्वय समितिले सङ्ग्रहालय बनाएर डोजरको संरक्षण गर्नका लागि असार २७ गते नगरपालिकालाई डोजर हस्तान्तरण गरेको थियो ।

यद्यपि कवाडीका रूपमा थन्किएको डोजरलाई सङ्ग्रहालय बनाएर राख्ने सोच बनाइए पनि हालसम्म उपयुक्त विकल्पको टुङ्गो नलागेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो । जिसस प्रमुख चाम्लिङले भने ऐतिहासिक धरोहरका रूपमा रहेको डोजर संरक्षण हुने विश्वास गर्नुभएको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com