ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी


एबीसी / संवाददाता

पोखरा ६ चैत  :
 कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन परिषद् र योगशालाको संयुक्त आयोजनामा बेगनास शिवालय योग रिसोर्टमा आयोजित उक्त योग शिविरमा सहभागीले मानसिक स्फूर्तिका लागि आवश्यक योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सवलगायतका विभिन्न विधि गरेर आफूलाई ताजगी गराएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिनुभयो । “कोभिड–१९ ले व्यवसायमा ठूलो असर पा¥यो भने यसबाट सिर्जित अवस्थाले अधिकांश व्यवसायीलाई मानसिक तनाव निम्त्याएको छ, योग ध्यानको माध्यमबाट मानसिक स्फूर्तिका लागि यो कार्यक्रम सफल भएको महसुस हामीले गरेका छाँै,” भट्टराईले भन्नुभयो, “हर कुनै परिस्थितिसँग अघि बढ्न मनस्थिति बलियो बनाउन आवश्य छ, योग ध्यानले मानिसलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गर्दछ ।”
पर्यटन यातायात व्यवसायी पोखराका अध्यक्ष बबरजङ्ग गुरुङले कोभिड–१९ ले व्यवसायमा देखिएको असहज परिस्थितिले निराशा थपेको जनाउँदै योग ध्यान विधिले संयम बनाएर तनावमुक्त हुने विधि सिक्न सफल भएको बताउनुभयो ।  “अहिले व्यक्त गर्न नसकिने धेरै पीडा व्यवसायीमा छ, जसका कारण थुप्रै मानसिक तनावहरु भोग्नु परिरहेका छ, यस्तो अवस्थामा आफूलाई कसरी मानसिकरूपमा स्वस्थ राख्न सकिन्छ भन्ने कुरा योगको माध्यमबाट थाहा पाउने अवसर मिल्यो ।” उहाँले योग ध्यानमा सहभागी हुँदा सकारात्मक ऊर्जा र आनन्दको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।
कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित सञ्चाालित उक्त कार्यक्रममा योग प्रशिक्षक स्वामी ध्यान सागर सुनिल श्रेष्ठले सहजीकरण गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार परिषद्सँग आबद्ध पर्यटन व्यवसायी, सञ्चारकर्मी गरी ३० जनाको सहभागिता रहेको थियो । पर्यटन व्यवसायीको मागलाई ध्यान दिँदै आगामी दिनमा पनि तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com