ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो गुल्मी महोत्सव चैतमा हुने


ABC NEWS
पुस ६, २०७४ बिहीबार   ८ : ०३   बजे

गुल्मी, ६ पुस। कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ ।

गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले आउँदो चैत १६ देखि २५ गतेसम्म महोत्सव गर्ने निर्णय भएको जानकारी दिए ।

वाणिज्य संघले यसअघि फागुन ३ देखि महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । विशेष कारण देखाउँदैले संघले अर्को मितिमा महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउन विभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ, गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।

१० दिनसम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धनसगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार गर्ने उद्देश्य राखिएको छ ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउलगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका दिँदै आएको छ ।

गएको ०७१ सालमा ‘गुल्मी जिल्लाको समग्र विकासको आधार, कृषि पर्यटन,उद्योग र व्यापार’ भन्ने नाराका साथ २२ फागुनदेखि ३० सम्म दोस्रो महोत्सव सम्पन्न भएको थियो । महोत्सवमा १ करोड ६४ लाख ७ हजार ६सय ६३ रुपयाँको आम्दानी भएको थियो । आम्दानीमध्ये ६९ लाख ५० हजार २ सय ६७ रुपैयाँ खर्च भएको थियो ।

महोत्सवबाट ३६ लाख ९७ हजार ३ सय ९६ बचत भएको थियो । महोत्सवमा आम्दानी भएको रकमबाट सुविधा सम्पन्न झण्डै २/३ सय मानिसहरु अटाउने सभाहलको निमार्ण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group