ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन


एबीसी / संवाददाता
बैशाख ४, २०७८ शनिबार  ११ : २९ बजे
राँझा, ४ बैशाख :
 बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शै्ययाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो ।
एक सङ्क्रमितको मृत्यु
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ नारायणपुर निवासी ३७ वर्षीय सङ्क्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि चैत्र २६ गते कोहलपुर शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात् भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै आज बिहान १ बजेर २७ मिनेटमा मृत्यु भएको हो । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

अध्यादेशविरुद्ध विपक्षी दल आक्रामक, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

विपक्षीले छाडेनन् अवरोध दोस्रो बैठक पनि स्थगित

एमाले नेता थापाको रास्वपालक्षित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com