ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ पोखरीको पुनःनिर्माणसहित पानी भरियो


एबीसी / संवाददाता

भक्तपुर, ४ वैशाख :मध्यपुरथिमि नगरपालिकाले नयाँ वर्षमा भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्राका लागि जीर्ण भएका, पुरिएका, अतिक्रमणमा परेका र घाँसे मैदानमा परिणत भएका ऐतिहासिक पोखरीलाई पुर्नजीवन दिएको छ । घाँसे मैदानमा परिणत भएका पोखरीको पुनःनिर्माण, पुरिएर हराएका पोखरीको उत्खनन गरी पुनःनिर्माण र जीर्ण बनेका पोखरीको संरक्षण गरी पानी भरेर यहाँका ११ वटा ऐतिहासिक पोखरी एवं २५ वटा ढुङ्गेधारालाई पुर्नजीवन दिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकामा यसअघि हराइसकेका पोखरीको समेत खोजी गरी उत्खनन गर्दै बिस्केट जात्राका लागि आवश्यक पर्ने पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी पानी भरेको हो । नगरपालिकाले घाँसे मैदानमा परिणत वडा नं ४ को ठूलो र सानो गरी दुई वटा ऐतिहासिक निगु पुखुःअर्थात् दुई पोखरी, पुरिएको दलदल बनेको विष्णु कुण्डलको पुनःनिर्माण, पुरिएर हराएको कयकुतापुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको पार्किङ हटाएर उत्खनन गरी पुनःनिर्माण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाःपुखुःअर्थात कमलपोखरीको जीर्णोद्धार, वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार गरी बिस्काःजात्रालाई पानी भरिएर पुर्नजीवन दिएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले हराएका, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गे धाराको संरक्षण, इनारको संरक्षण गरेको छ भन्नुभयो । नगरपालिकाले पोखरीको धमाधम उत्खनन्, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको स्थानीयवासी एवं नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी केशव सिलवालले बताउनुभयो ।
नगरपालिकाले बिस्केट जात्रामा यहाँका केही मन्दिरलाई जन्जिर अर्था बारमुक्त गरेको छ । चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकोमा यो बिस्केट जात्राका लागि मन्दिरको जीर्णोद्धार गरी त्यस्ता बार हटाइएको छ । स्थानीय बासिन्दा, दाता र नगरपालिकाको सहयोगमा बालकुमारी मन्दिरको जीर्णोद्धार एवं सुनको जलपसहितको छाना राख्ने काम भएको छ । थिमिको बालकुमारी, कुमारी, लोकेश्वरलगायतका मन्दिरको वरिपरि राखिएको बार हटाएको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले भन्नुभयो, “मन्दिरको पुनःनिर्माणसँगै चोरको भयले यहाँका ऐतिहासिक मन्दिरलाई वरिपरि फलामको बार लगाएर कुरुप बनाइएको थियो, अहिले त्यस्ता बार हटाएर मन्दिरलाई जेल मुक्तबनाएका छौँ, सुन्दर र आकर्षक बनाएका छाँै ।” यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा संरक्षणका लागि नगरपालिकाले रु ५० लाख रकम विभिन्न धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतलाई वितरण गरेको छ ।
नगरपालिकाले थिमिको पाँच वटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको जिब्रो छेड््ने जात्रा सञ्चालनमा ठाउँ साँघुरो हुँदा भएको समस्या समाधान गर्न जग्गासमेत खरिद गरेको छ । नगर प्रमुख श्रेष्ठका अनुसार बोडेको पाँचो गणेशको जिब्रो छेड्ने पाटी पछाडिको जग्गा स्थानीय जग्गाधनीसँग छलफल गरी चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा आठ आना रु ६४ लाख मुआब्जा दिएर नगरपालिकाले लिएको छ । आगामी वर्षको जात्रा अगाडि यहाँँको पाटीलाई पछाडि सारेर जिब्रो छेड्ने जात्राको ठाउँलाई फराकिलो पारिने भएको छ ।
त्यसैगरी नगरपालिकाले नगदेश लायकुसँगैको घर रु ४० लाख मुआब्जा दिएर खरिद गरेको छ । चलनचल्तीको मूल्यभन्दा कम मूल्यमा जग्गाधनीसँग खरिद गरिएको यो जग्गासहित लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी नगरपालिकाले थिमिशङ्खधर चोकमा रहेको मापदण्डभित्र परेको पुरानो घरलाई रु २५ लाख क्षतिपूर्ति दिएर भत्काएको छ । सो ठाउँमा नगरपालिकाले परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम शुरु गरेको छ रासस):

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com