ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसः चीनमा निर्मित कोभिड खोपहरूले प्रदान गर्ने सुरक्षा दर उच्च छैन : बीबीसी


एबीसी / संवाददाता

 

चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको बताएका छन्।

एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए।

नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ।

चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ।

पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताएका छन्।

चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

चिनियाँ सरकारले भने आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ।

चीनका रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले शनिवार हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताएका थिए।

चिनियाँ खोपबारे हामीलाई के(के थाहा छ?
उनले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको सङ्केत गरे।

उनले खोपको प्रभावकारिता वृद्धि गर्न मात्राको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता चरणहरूको चर्चा गरेका थिए।

तर पछि उनले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई ूसंसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुनेू बताए।

ूतिनीहरूको प्रभावकारिता कसरी बढाउने भन्नेबारे संसारभरिका वैज्ञानिकहरूले सोच्नुपर्छ,ू उनले पत्रिकालाई भने।

उनले चिनियाँ खोपहरूको प्रभावकारिता कम भएको आफ्नो भनाइबारे त्यो ूपूर्ण रूपमा गलत व्याख्याू भएको बताए।

गाउका दुवै भनाइहरूलाई चिनियाँ सञ्चारमाध्यमहरूले खासै स्थान दिएका छैनन्।

चीनमा कोभिड खोप
तर सामाजिक सञ्जालमा भने उनको पहिलो भनाइको आलोचना भएको छ।

केही मानिसले उनलाई ूचुप लाग्नू सुझाव दिएका छन्।

चिनियाँ खोपको प्रभावकारिता

अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट छ।

ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०।४ प्रतिशत देखिएको थियो। त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो।

टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन्।

पश्चिमा देशहरूमा उत्पादित फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com