ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीले आंशिक लकडाउनलाई अप्रिलभर कडा बनाउने : तीन हप्तासम्म पोल्याण्डभर लकडाउन


एबीसी / संवाददाता
चैत्र ९, २०७७ सोमबार  ७ : १८ बजे

काठमाडौं, ९ चैत्र । यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामीहरू भेटिने क्रम बढिरहेको भन्दै जर्मनीले पनि आगामी महिनासम्म नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन् ।

विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखहरूको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायहरूलाई लागु गर्ने अनुमान अधिकारीहरूले गरेका हुन् । जर्मनीले गत फेब्रुअरीमा लामो समयदेखि बन्द विद्यालयलाई खुलाउने घोषणा गर्दै क्रमशः अन्य क्षेत्रलाई पनि क्रमशः सामान्य अवस्थामा फर्किने व्यवस्था गरेको थियो ।

जर्मनीमा तेस्रो लहरको सङ्क्रमण फैलिएपछि उद्योग तथा व्यवसायलाई बन्द गर्ने तयारी गरिरहेको अधिकारीहरूले शनिबार र आइतबार गरेका छलफलका क्रममा बुझिएको हो ।

यद्यपि मर्केलले यस बिषयमा अन्तिम निर्णय लिनुपूर्व सोमबार क्षेत्रीय सरकार प्रमुखहरूसँग भेट गर्ने बताउनुभएको छ । आइतबार सार्वजनिक तथ्याङकमा विगत सात दिनमा जर्मनीमा प्रति एक लाख जनसङ्ख्यामा १०३ व्यक्ति सङ्क्रमित दर भेटिएको बताइएको छ ।

यसैबीच यूरोपका अन्य दुई मुलुक फ्रान्स र पोल्याण्डमा पनि फेरि आंशिक रुपमा लकडाउन लागु भएको छ । कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आंशिक लकडाउन लागु गरिएको हो ।राजधानी पेरिससहित फ्रान्सका १६ स्थानमा महामारीको तेस्रो लहरको जोखिम बढ्दै गएपछि आंशिक लकडाउन लागु भएको हो । यसबाट दुई करोड १० लाख मानिस प्रभावित भएका छन् । पोल्याण्डमा पसल, होटल तथा खेलकुद र साँस्कृतिक गतिविधि सञ्चालन हुने केन्द्रहरु प्रभावित भएका छन् । तीन हप्तासम्म पोल्याण्डभर लकडाउन लागु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

टुँडिखेलमा अमेरिकी ब्यान्ड प्रस्तुति : नियमित सैन्य सहकार्य कि चुनावी विवाद ?

सम्बन्धित

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com