ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मीनाको हत्या अभियोगमा परिवारका चार सदस्यलाई थुनामा राख्न आदेश – यस्तो छ घटनाको विवरण


एबीसी / संवाददाता

डोटी, ५ चैत्र । डोटीको दिपायल सिलगढी नगरपालिका २ पुनेपाटाकी २२ वर्षीया मीना ढोली हत्या अभियोगमा बिहीवार परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत डोटीले आदेश दिएको छ ।

हत्या अभियोगमा मृतक मीनाका श्रीमान्, ससुरासहित परिवारका चार सदस्यलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । गएको फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुन सक्ने भन्दै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा जाहेरी दिएपछि घटनाको अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० कान्तिराज जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार हत्यामा संलग्न भएको र हत्यामा सघाउ पुर्‍याएको आरोपमा मीनाका श्रीमान् प्रकाश दमाई, ससुरा प्रेम दमाई, सासु दुर्गा दमाई र दुर्गाको बहिनी रम्भा दमाईलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । हत्यापछि परिवारका सदस्यले घटना लुकाउने प्रयास गरेका कारण उनीहरु पनि दोषी देखिएको प्रहरीको भनाइ छ ।

यसरी भयो घटना

गएको फागुन ६ गते बिहान ८ बजे मीना घाँस काट्न गइन् । उनी दिउँसो २ बजे मात्रै घर फर्किइन् । ‘मैले यति ढिलो किन गरेको भनेर सोधेँ, उनी झर्केर बोल्न थालिन्’, प्रकाशले भने, ‘आमाबुबाले उनलाई सम्झाउन खोज्दा उल्टो उनीहरुलाई समेत गाली गर्न थालिन् ।’ परिवारका सदस्यबीच भनाभन भयो । साँझ खाना खाएपछि प्रकाशलगायत परिवारका अन्य सदस्य गफ गर्न थाले । मीना कोठामा सुत्न गइन् । केही बेरपछि प्रकाश कोठामा गए । दिउँसोकै कुरामा फेरि दुवैको विवाद सुरु भयो । प्रकाशले प्रहरी समक्ष बयानमा भने, ‘श्रीमतीले आमा छोएर गाली गरिन्, म आवेशमा आएँ, त्यसपछि कसरी घटना भयो थाहा भएन । जस्तै झगडा भए पनि आफ्नै श्रीमतीलाई मार्न त कसले चाहन्छ र ? तर के–के भयो थाहै भएन ।’

प्रहरीका अनुसार प्रकाशले पहिले घाँटी च्यापेर मीनाको हत्या गरे । त्यसपछि उनकै दुपट्टाले उनलाई झुण्ड्याए अनि ‘मीनाले पासो लगाइ’ भन्दै आमाबुबालाई खबर गरे । प्रकाशका बुबा प्रेमले हत्तनपत्त हँसियाले दुपट्टा काटे, उनलाई जिउँदै छ भन्ने आश थियो तर उनको पहिल्यै मृत्यु भइसकेको थियो । परिवारमा सल्लाह भयो, अब के गर्ने रु अनि मुटु दुखेको बहाना बन्यो । त्यही सूचना छिमेकलाई पनि गयो, मृतकका माइतीलाई पनि । पहिलेदेखिको खटपटका कारण माइती पक्ष यो बहाना मान्न तयार भएन । माइती पक्षले आफ्नी छोरीको हत्या भएको रिपोर्ट प्रहरी समक्ष बुझाएपछि अनुसन्धान गर्दै जाँदा घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com