काठमाडौं, ५ चैत्र । साउदी अरवमा सडक दुर्घटनमा परेका सोलुखुम्वु जिल्ला सोताङ १ का रमेश राईलाई थप उपचारकालागि सहयोग रकम हस्तान्तरण गरिएको छ । आज रोट्रो ग्रुप प्रालिले गरेको एक कार्यक्रमकावीच रकम हस्तारन्तरण गरिएको हो । टिकामाया गिरि र अम्वीका खरेलले नगद १ लाख ७६ हजार ७७ रुपयाँ हस्तारन्तर गर्नुभएको छ । रोट्रो ग्रुपका अध्यक्ष हिक्मत कुमार थापा समाजसेवी, गोविन्द गिरी र कमल खरेलको अगुवाईमा संकलित १ लाख ७६ हजार ७७ रुपयाँ संक्रलन गरिएको थियो । राई सडक दुर्घटना परेपछि १ वर्ष सम्म साउदीमा उपचार गराई २०७४ मंसिरमा नेपाल फर्कनु भएको थियो । उहाँको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेको थियो । हाल उहाँको हात खुट्टा दुवैको स्टिल सर्जरी गर्नुपर्ने भएकोले आर्थिक अवस्था कम्जोर भएको हुदाँ सहयोग रकम जुटाएको गोविन्द गिरीले बताउनुभयो । विदेशमा रहेका नेपालीहरुले युवाहरुले सहयोग संकलन गरी पठाएका हुन । उपचारमा खर्च धेरै बढी लागेको पीडित बताउनुहुन्छ । हाल उहाँको अपागं अस्पतालमा उपचार भईरहेको छ । उपचार गर्न समस्या परेको थाहा पाएपछी सहयोग गरेको रोट्रो ग्रुपका अध्यक्ष थापाले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्