ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेभित्र छुट्टा–छुट्टै कार्यक्रम आयोजनाको श्रृङ्खलासगै औपचारिक विभाजनको जोखिम (भिडियोसहित)


सपना थामी

काठमाडौं, ४ चैत्र ।  प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा माधवकुमार नेपाल समूहले बहिस्कार ग¥यो । बरु, नेपाल समूहले सोही दिन नै चैत ४ र ५ गते हुने राष्ट्रिय भेलाको सम्बन्धमा पत्रकार सम्मेलन गरेको थियो भने नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको राष्ट्रिय अभियान भन्दै छुट्टै कार्यक्रम आयोजना गर्नुभयो ।

यसरी नेकपा एमालेमा एकले अर्को समूहको कार्यक्रमलाई बहिस्कार गरेको श्रृङ्खलासगै पार्टी एकताको मध्यमार्गी बाटोसमेत जटिल बन्दै गएको छ । मंगलबार सत्तारुढ नेकपा एमालेकै तीन छुट्टा–छुट्टै समूहले फरक–फरक स्थानमा कार्यक्रम गरे । लामो समयको तिक्तता पश्चात् प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच सोमबार नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा आमने–सामने वार्ता भएको थियो तर वार्ता फलदायी हुन सकेन ।

यसको भोलीपल्टै प्रधानमन्त्री ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरे तर माधव कुमार नेपाल पक्षले त्यो कार्यक्रम बहिष्कार ग¥यो । विशेषगरी फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले पूर्ववत् अवस्थामा ब्यूँतिए पनि फागुन २८ गते अध्यक्ष ओलीले बालुवाटारमा गुटगत केन्द्रीय कमिटीको बैठक राखेको भन्दै नेपाल पक्ष असन्तुष्ट छ । यस लगत्तै नेपाल पक्षले पनि फागुन २९ गते ओलीको गतिविधिलाई चुनौती दिदै समानान्तर गतिविधि सञ्चालन गरेको थियो । यसलगत्तै चैत ४ र ५ गते नेकपा एमालेकोे खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । एमाले अध्यक्ष ओली पक्षले भने यसको बहिस्कार गर्न निर्देशन नै जारी गरेको छ ।

मंगलबार नै नेकपा एमाले नेपाल समूहले राष्ट्रिय भेला लक्षित पत्रकार सम्मेलन ग¥यो । ओलीले पार्टी विभाजन गर्न चाहेको नेपाल पक्षले आरोप लगाउदै आएको छ । नेपाल पक्षको भेलामा सहभागी हुनेलाई ओलीले कारबाही गर्ने निर्देशन दिएकोप्रति बोल्दै योगेश भट्टराईले आफूहरु कारबाहीको लागि लामबद्ध हुन तयार रहेको तर भोलीको दिनमा इतिहासले कारबाही गर्ने कुरलाई हेक्का राख्नुपर्ने बताए । नेता भट्टराईले ४ र ५ गते हुने भनिएको भेलामा सहभागी हुन एमाले अध्यक्ष ओलीलाईसमेत आग्रह गरे ।

ओली र नेपाल पक्षले मात्रै होइन एमाले उपाध्यक्ष बामदेव गौतमले पनि मंगलबार छुट्टै भेला आयोजना गरेका थिए । फागुन २३ अघि नेकपा एकता राष्ट्रिय अभियानको अवधारणापत्र सार्वजनिक गरेका एमाले नेता गौतमले अब भने नेकपा एमाले राष्ट्रिय एकता अभियानको घोषणा गरेका छन् । यसरी एमालेभित्रका तीन मुख्य–मुख्य समूह्ले छुट्टा–छुट्टै रुपमा तीनै थरीको कार्यक्रम आयोजनाको श्रृङ्खलासगै एमालेको औपचारिक विभाजनको जोखिम बढेको छ ।

त्यसो त, नेकपा एमालेका तीन समूहले गरेको मंगलबार गरेका छुट्टा–छुट्टै कार्यक्रममा एकले अर्कालाई एकताबद्ध हुन अपिल गर्न भने छुटाइएको पाइएन । विशेषगरी, गौतम समूहले भने पुनः देशको सबै वामपन्थी शक्तिसँग सहकार्य गरेर वर्तमान सरकार जोगाउन भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएको थियो भने नेपाल समूहको पत्रकार सम्मेलनमा नेकपा एमालेको पार्टी एकताबद्ध हुने सम्बन्ध पनि मुख्य विषय बनि नै रह्यो । तर पनि, एकले अर्कोको कार्यक्रम बहिस्कार गरेको श्रङ्खलाले भने एमाले पार्टी एकताको मध्यमार्गी बाटोको सम्भावना पनि टरेर गएको देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com