ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राध्यापक माणिकलाल श्रेष्ठको निधन


एबीसी / संवाददाता
चैत्र ३, २०७७ मंगलबार  ११ : ४९ बजे

काठमाडौं, ३ चैत । बौद्धिक व्यक्तित्व प्रा।माणिकलाल श्रेष्ठको मंगलबार निधन भएको छ ।निमोनिया तथा अन्य विभिन्न संक्रमणले ग्रसित भएपछि श्रेष्ठलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केही सुधार भएपछि उनलाई घरमै राखी उपचार गरिँदै आइएको थियो ।

त्यसबाहेक, उनलाई नियमितरुपमा डायलाइसिससमेत गरिँदै आइएको थियो । पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् ।

पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे।

लामो समय प्राध्यापन पेसामा रहेका श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने नेपालको पहिलो व्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्तासमेत थिए । श्रेष्ठको जन्म विसं १९८९ मा भएको थियो ।

पछि त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरेका थिए । ‘उहाँ (माणिकलाल श्रेष्ठ) बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो,’ अधिकारवादी नेता मल्ल के सुन्दर भन्छन्, ‘वामपन्थी विचारक, इतिहासका सूक्ष्म ज्ञाता, विज्ञानका ज्ञाता, कानुनका ज्ञाता, नेपालभाषाका समालोचक, मातृभाषा अभियन्ता, विश्वविद्यालयका प्राध्यापक भनेर चिनिनु हुन्थ्यो ।’

उनको नेपालभाषामा ‘पाश्चात्य समालोचना सिद्धान्त’ पुस्तक प्रकाशित छ । त्यसैगरी श्रेष्ठका सयौं विचारात्मक आलेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । माणिकलाल पत्नी सुशाीला सिंह‘शिलु’ (सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश)को गत जेठ ९ गते निधन भएको थियो । माणिकलालका दुई छोरा वरिष्ठ कार्डिओलोजिस्ट डा. मलखलाल श्रेष्ठ र चिकित्सक डा. सितुलाल श्रेष्ठ छन् । जेठो छोरा विदेशमा रहेकाले उनी फर्किएपछि श्रेष्ठको अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com