ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार आरोपमा ललितपुरका एक शिक्षक पक्राउ


एबीसी / संवाददाता

काठमाडौं, ३ चैत्र । १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । मजदुरीका क्रममा भारत गएका बुबाआमासँग उतै रहेकी किशोरी तीन वर्षअघि नेपाल फर्केर आफन्तकहाँ बस्दै आएकी थिइन् । ललितपुर प्रहरीका अनुसार किशोरीको प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । तर केप्छाकीले आरोप अस्वीकार गरेकाले प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ । सोधपुछका क्रममा किशोरीले दुई महिनादेखि महिनावारी रोकिएको बताएकी थिइन् ।

किशोरीले प्रहरीसँग सुरुमा आफूमाथि आफन्तबाटै यौनहिंसा भएको बताए पनि केप्छाकी पक्राउ परेपछि फरक बयान दिएकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले पीडितले बयान फेरेका कारण सुरुमै जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नसकिएको बताउनुभयो । बलात्कार आरोपबारे सोधपुछमा जाँदा केप्छाकीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसबेलासम्म प्रहरीमा जाहेरी पनि दर्ता भएको थिएन । जाहेरी दर्ता गरेपछि पक्राउ गर्दा आरोपित भाग्ने आशंकामा प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर केप्छाकीविरुद्ध मुद्दा चलायो ।

अभद्रको कसुरमा हिरासतमा राख्ने सुरुको म्याद मंगलबार सकिँदै छ । पीडितलाई आश्रय दिइरहेको संस्थाले केप्छाकीविरुद्ध जबर्जस्ती करणीको आरोपमा आइतबार प्रहरीमा जाहेरी दिएको छ । करणीको जाहेरी परेपछि वृत्तले जिल्ला अदालत ललितपुरबाटै अनुमति लिएर थप अनुसन्धान अघि बढाउन लागेको हो ।किशोरीको नियमित महिनावारी रोकिएपछि सहपाठी र वरपरकाले घटना कसरी भयो भन्नेबारे सोधपुछ गरेका थिए । त्यसपछि घटनाबारे शिक्षक केप्छाकी शंकाको घेरामा तानिएका हुन् ।

किशोरीसँग प्रहरीले सोधपुछ गर्दा कुरामा तालमेल नमिल्ने, हडबडाउने, अनुसन्धान नगर्न आग्रह गर्ने र अनुसन्धान गरेमा मर्छु भन्नेजस्ता अस्वाभाविक स्वभाव देखाएको एसएसपी वज्राचार्यले बताउनुभयो । पीडित किशोरी १५ वर्षीया हुन् । कसुर पुष्टि भएमा पीडकलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ । आफ्नै संरक्षणमा रहेकी किशोरीमाथि करणी गरेको पुष्टि भए थप ३ वर्ष कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com