ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार आरोपमा ललितपुरका एक शिक्षक पक्राउ


एबीसी / संवाददाता
चैत्र ३, २०७७ मंगलबार  ८ : २० बजे

काठमाडौं, ३ चैत्र । १५ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा ललितपुरस्थित एक सरकारी विद्यालयका शिक्षक पक्राउ परेका छन् । माध्यमिक तहकी छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा पारिवारिक नातासमेत पर्ने शिक्षक रवि केप्छाकीलाई ललितपुर प्रहरीले गत फागुन २६ मा पक्राउ गरेको हो । मजदुरीका क्रममा भारत गएका बुबाआमासँग उतै रहेकी किशोरी तीन वर्षअघि नेपाल फर्केर आफन्तकहाँ बस्दै आएकी थिइन् । ललितपुर प्रहरीका अनुसार किशोरीको प्रेग्नेन्सी रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ । तर केप्छाकीले आरोप अस्वीकार गरेकाले प्रहरीले डीएनए परीक्षणको तयारी गरेको छ । सोधपुछका क्रममा किशोरीले दुई महिनादेखि महिनावारी रोकिएको बताएकी थिइन् ।

किशोरीले प्रहरीसँग सुरुमा आफूमाथि आफन्तबाटै यौनहिंसा भएको बताए पनि केप्छाकी पक्राउ परेपछि फरक बयान दिएकी छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले पीडितले बयान फेरेका कारण सुरुमै जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता गर्न नसकिएको बताउनुभयो । बलात्कार आरोपबारे सोधपुछमा जाँदा केप्छाकीले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । त्यसबेलासम्म प्रहरीमा जाहेरी पनि दर्ता भएको थिएन । जाहेरी दर्ता गरेपछि पक्राउ गर्दा आरोपित भाग्ने आशंकामा प्रहरीले अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर केप्छाकीविरुद्ध मुद्दा चलायो ।

अभद्रको कसुरमा हिरासतमा राख्ने सुरुको म्याद मंगलबार सकिँदै छ । पीडितलाई आश्रय दिइरहेको संस्थाले केप्छाकीविरुद्ध जबर्जस्ती करणीको आरोपमा आइतबार प्रहरीमा जाहेरी दिएको छ । करणीको जाहेरी परेपछि वृत्तले जिल्ला अदालत ललितपुरबाटै अनुमति लिएर थप अनुसन्धान अघि बढाउन लागेको हो ।किशोरीको नियमित महिनावारी रोकिएपछि सहपाठी र वरपरकाले घटना कसरी भयो भन्नेबारे सोधपुछ गरेका थिए । त्यसपछि घटनाबारे शिक्षक केप्छाकी शंकाको घेरामा तानिएका हुन् ।

किशोरीसँग प्रहरीले सोधपुछ गर्दा कुरामा तालमेल नमिल्ने, हडबडाउने, अनुसन्धान नगर्न आग्रह गर्ने र अनुसन्धान गरेमा मर्छु भन्नेजस्ता अस्वाभाविक स्वभाव देखाएको एसएसपी वज्राचार्यले बताउनुभयो । पीडित किशोरी १५ वर्षीया हुन् । कसुर पुष्टि भएमा पीडकलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ । आफ्नै संरक्षणमा रहेकी किशोरीमाथि करणी गरेको पुष्टि भए थप ३ वर्ष कैद हुन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

के दुवईको अन्त्य हो यो ?

सम्बन्धित

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

जेन—जी आन्दोलनका कारण निजी क्षेत्र थप संकटमा परेको सरकारको निष्कर्ष

रास्वपाको अभिमुखीकरण– नवनिर्वाचित सांसदहरूलाई ६ बुँदे आचारसंहिता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com